Saturday, March 6, 2021

नमस्ते किड्सद्वारा शैक्षिक सामाग्री वितरण


बटवल । सामाजिक कार्यमा सक्रिय संस्था नमस्ते किड्स नेपालले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि बुटवलमा एक कार्यक्रम गरी बिद्याथीहरुलाई शैक्षिक सामाग्री वितरण तथा बनभोज कार्यक्रम सम्पन्न गरेको छ । बुटवलको जितेश्वरी माध्यामिक विद्यालयमा आयोजना गरिएको कार्यक्रममा ८५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । समाजसेवी होम बहादुर गलामीको प्रमुख आतिथ्ता रहेको कार्यक्रममा विशिष्ट अतिथिमा बुतवल उप–महानगरपालिकाका निमिक्त प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालको उपस्थिती रहेको थियो भने अतिथिहरुमा बुटवल लेडी जेसिज–२०२१ कि अध्यक्ष शर्मिला राना, नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक दिननाथ भट्टराइ, सर्जिकल व्यवसायि संघ लुम्बिनी प्रदेश शाखा महासचिव विजय आचार्य, नेपाल बाल संगठन रुपन्देही जिल्ला सभापती साजन भट्टराइ, फुलवारी गाइज क्लबका अध्यक्ष शिव राना लगाएत विभिन्न समाजसेवी लगाएतका अतिथिहरुको उपस्थिती थियो ।

प्रमुख अतिथि, विशिष्ट अतिथि र अन्य अतिथिहरुले बोल्दै युवापुस्ताहरुद्वारा गरिने यस्ता कार्यक्रमले निरन्तरता पनउनुपर्ने र अन्य संस्थाहरुले पनि यस्तै सामिजिक कार्यमा हात अगाडी बढाउनुपर्नेमा जोड दिएको थिए भने निस्वार्थ सामाजिक कार्यमा अग्रसर रहेको नमस्ते किड्सको कार्यप्रती सबैले प्रशंसा व्यक्त गरेका थिए ।

यस्तै यसै कार्यक्रममा बुटवल लेडी जेसिज–२०२१ को तर्फबाट १० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो भने न्यू होराइजन स्कुलमा अध्ययनरत मनस्वी श्रेष्ठले २५ जना विद्याथीहरुलाई कलर बक्स हस्तान्त्रण गरेकी थिइन । सोही कार्यक्रममा नमस्ते किड्सका संस्थापक सदस्य दिपक गरुङ्ग, संस्थापक सदस्य नितेश शर्मा, जया कुमारी थापा र नेपाल मगर संघ बुटवल उ.म.न.पा वडा नं.–१३ लाइ सम्मान समेत गरिएको थियो ।

८५ जना विद्यार्थीलाई नमस्ते किड्सले वितरण गरेको शैक्षिक सामाग्रीमा कापी, कलम, झोला, ड्रेस लागाएतका आवस्यक सामाग्रहरु थिए । नमस्ते किड्सले विगत लामो समयदेखि रुपन्देही र कपिलबस्तुका झण्डै ८० विद्यार्थीहरुलाइ नियमित रुपमा अध्ययनका लागि सहयोग गदै आएको छ ।

नमस्ते किड्सकि संयोजक सरु थपाको सभापतित्व र स्वागत रहेको कार्यक्रमको सञ्चालन संस्थापक सचिव तेजु रानाले गरेका थिए ।

1 comment:

  1. thank you संघीय एक्सप्रेस

    ReplyDelete

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...