Tuesday, March 9, 2021

राष्ट्रिय महिला मोर्चाले १११ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाए

बुटवल । ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस । १११ औं अन्तर्राष्ट्रिय नारी दिवस अबसरमा राष्ट्रिय महिला मोर्चा केन्द्रिय समितिले राष्ट्रिय जनमुक्ती पार्टी रुपन्देहीको जिल्ला भवन मंगलापुरमा एक कार्यक्रम गरी मनाएको छ । 


मोर्चाका केन्द्रिय अध्यक्ष होमाया गुरुङ्गको सभाध्यक्षमा रहेको कार्यक्रमा प्रमुख अतिथी पार्टीका केन्द्रिय उपाध्यक्ष तथा प्रभास बिभाग प्रमुख कमला थापाको उपस्थिती रहेको थियो । सो कार्यक्रम मा बोल्दै थापाले लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएका थिए । थापाले नेपालको संविधानमा मौलिक हकअन्तर्गत महिलाको हकको व्यवस्था गरेता पनि व्यबहारमा कार्यन्वयन नभएको औल्याए । जनमुक्ति पार्टीले महिलाहरुको निम्ती ५० प्रतिशत राजनीतिक अधिकार सुनिश्चितता गरेको छ । यो सन्देश हरेकको मन मस्तिस्कमा पुगोस थापाले आहावान गरे ।   

राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ । संघ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् । तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । महिला लगायत अन्य सबै खाले बिभेदको अन्त्यको लागि राजनीतिक रुपमा नै संबोधन हुनु पर्दछ । जसको लागि जनमुक्ती बिचार -धारा बाट नै संभब रहेको सो कार्यक्रम बोल्ने बक्ता राष्ट्रिय महिला मोर्चाका पुर्व अध्यक्ष चन्दा थापा, बुटवल उपमहानगरपलिका अध्यक्ष बसन्ती साठिघरे, तिलोत्तमा अध्यक्ष निर्मला थापा, जिल्ला उपाध्यक्ष ज्योति थापा, प्रदेश सल्लाहकार लिलमाया राना मगरले बिशेष जोड दिएका थिए ।


राष्ट्रिय महिला मोर्चाका महासचिब धनी आले मगरले संचालन गरेको कार्यक्रम स्वागत मन्तब्य उपाद्यक्ष मधु रानाले गर्नु भएको थियो । उक्त कार्यक्रमले महिलाहरु राजनीतिक सामाजिक र आर्थिक रुपमा बलियो र माझ्बुत हुन थप प्रेरणा हौशला प्रदान गरेका सहभागीले बताएका थिए । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...