Monday, April 20, 2020

सिद्धार्थनगर नगरपालिका भैरहवाका तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवाली अख्तियारको फन्दामा

भैरहवा । सिद्धार्थनगर नगरपालिका भैरहवामा कार्यरत प्रभात ज्ञवालीले बढुवा हुने क्रममा पेश गरेको भारतीय शैक्षिक प्रमाण-पत्र झुठ्ठा/नक्कली भेटिएको छ । भारतीय नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सिद्धार्थनगर नगरपालिका भैरहवाका तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवाली बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
नक्कली प्रमाणपत्र पेश गरी बढुवा समेत भएका ज्ञवालीले कम्प्युटर अधिकृत पदमा दुई पटकसम्म बढुवा भई तलबभत्ता, सेवा सुविधा लिईसके हुँदा उनी बिरुद्ध अख्तियारले मुद्दा दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निज तत्कालीन कम्प्युटर अधिकृत प्रभात ज्ञवालीले पेश गरेको भारतीय शैक्षिक प्रमाण पत्र झुठो प्रमाणित् हुन आएको हुँदा ज्ञवालीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइराला ले प्रेस विज्ञप्ति मार्फत जनाएका छन । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...