Sunday, March 22, 2020

अामा भाषा



अामा भाषा जाेगाअाैं
बाबा भाषा जाेगाअाैं
बाजे भाषा जाेगाअाैं
बजै भाषा जाेगाअाैं 
अाफ्नाे देशकाे भाषा जाेगाअाैं
अाफ्नाे समुदायकाे भाषा जाेगाअाैं
घरकाे भाषा जाेगाअाैं
अाफ्नाे भाषा जाेगाअाैं 
अाफ्नाे सन्तानकाे गहना भाषा जाेगाअाैं
अाफ्नाे नातीनातिनिकाे एेतिहासिक गाैरवकाे भाषा जाेगाअाैं

सबै भाषा बराबर छन्
भाषा सानाे ठूलाे छैन 
अन्तर्राष्ट्रिय अँग्रेजि र राष्ट्रिय नेपाली खस भाषामा पढेर 
देश विकास हुने भए 
नेपाली र अँग्रेजि भाषा पढेकाे 
२०० वर्ष भईसक्याे 
अनि नेपालमा थाेत्राे गाडिकाे टायर टाल्ने हाेईन 
नयाँ गाडि, जाहाज र माेबाईल बन्थ्याे हाेला ।
सुगर, एचआईभी र क्यान्सरको अाैषधि बन्थ्याे हाेला ।
खाद्य सामाग्री विदेशबाट अायात गर्न पर्ने थिएन हाेला ।

यसकाे मतलब नेपाली र अँग्रेजि भाषा नपढ भनेकाे हाेईन 
अब नेपाली र अँग्रेजिमा पनि पढ
सके चाईनिज, जापानी र फ्रेन्चमा पनि पढ
राई लिम्बू तामाङ र थारूमा पनि पढ
मगर गुरूङ मैथिली, शेर्पा नेवार अन्य भाषामा पनि पढ 

मातृ भाषामा पढेर देश विकास नहुने हाेईन
पाठ्यक्रम र राज्यकाे नीति खराब भए 
विकास नहुने हाे ।
अब मातृ भाषामा नयाँ अाैषधि, जहाज, माेबाईल कसरी बनाउने?
बैज्ञानिक र व्यावसायिक खेति कसरी गर्ने?
बिजुलि कसरी निकाल्ने?
ईन्फरमेसन टेक्नोलोजी कसरी विकास गर्ने? 
कपडा कसरी बनाउने?
नयाँ अाविष्कार र सिर्जना कसरी गर्ने?
यी विषयलाई समेटेर पाठ्यक्रम बनाअाैं ।
व्यावहारमा कार्यान्वयन गराैं 
अनि देश विकास गराैं । 
देशमा समृद्ध ल्याअाैं । 
नागरिकमा खुसि ल्याअाैं ।


त्यसैले मातृ भाषा हुनेहरूले 
अाफ्नाे भाषा जाेगाअाैं ।
लाेप भएकाहरूले भाषा खाेजाैं 
लाेप हुन लागेकाहरूकाे भाषा जगाउ
जे भन 
जसाे गर
जता बस
जता जाउ
जहिले पनि जहाँ पनि
तिम्राे ठूलाे काम 
तिमिले अाफ्नाे भाषा जाेगाउने हाे ।
किनकि तिम्राे मातृ भाषामा
तिम्राे मातृ भाषामा ममत्व छ 
तिम्राे अपनत्व छ
तिम्राे स्वामित्व छ 
तिम्राे अधिकार छ ।

फेरि त्यसैले त भन्छु म तिमिलाई 
सबैले अाफ्नाे अामाकाे भाषा जाेगाअाैं ।

-पूर्ण बहादुर राना
भाषाविद एवं केन्द्रीय अध्यक्ष 
नेपाल विद्यार्थी माेर्चा

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...