दिपक राना / तिलोत्तमा । रुपन्देहीको तिलोत्तमामा एकैसाथ ५ जनाको हत्या भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा उक्त घटना भएको हो । मैनहावा वडा नं १० स्थित कान्छि
बजारका स्थानिय कृष्ण पुन को भैसी फर्ममा काम गर्ने ६ जना मध्ये ५ जना लाई हत्या गरि अर्का १ जना फरार रहेको वडा नम्बर १० का अध्यक्ष व्यासमुन थारुले जानकारी दिएका छन ।
कृष्ण पुनको गँगादेवी पशुफार्ममा सँगै काम गर्ने सुर्खेतका झपेन्द्र सिंजापतीलाई घटनामा संलग्न भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । १ जना महिला तथा ४ जना पुरुषको कोदालोले हानेर हत्या गरेको हुनसक्ने प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा मृत्यु हुने मैनहवा, कान्छीबजार कै दुई श्रीमान श्रीमती रहेकाछन भने अन्य तीन जना पुरुष रहेका छन् । मृत्यु हुने दाम्पत्यको एक बच्चा र साली कोठामा धोका बन्द गरि सुतेको हुनाले बाँच्न सफल भएका छन । घटना बारे बुझ्न अहिले स्थानीय र प्रहरी घटनास्थालमा रहेका छन् ।
अमानवीय घटना
ReplyDelete