Monday, June 8, 2020

पश्चिमरुकुमको चौरजहारी घटनाको उच्चस्तरीय एवं निष्पक्ष छानविन होस् : जनमुक्ति मंच, साईप्रस

निशान पुन / साईप्रस । जातिय हत्या हिंसा र बिभेद बिरुद्ध  राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध प्रबास शाखा जनमुक्ति मंच, साइप्रसले पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटना प्रती मंचको गम्भिए ध्यानर्कसण भएको अध्यक्ष तारा राइले बताएका छन । मंचबाट जारी विज्ञप्ति मा भनिएको छ पश्चिमरुकुमको चौरजहारी घटनाक्रमको उच्चस्तरीय एवं निष्पक्ष छानविन र दोषीहरूलाई हदै सम्मको दण्ड सजाय र पीडित परिवारलाई उचित सदभाव र सान्त्वनाको लागि सरकारले तत्काल प्रभावकारी कदम चालोस भनी जनमुक्ति मंच, साईप्रस जोडदार माग गर्दछ । साथै रुकुम पश्चिम मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
२०७७ जेठ २५ गते।

प्रेस विज्ञप्ति।
जेष्ठ १० गते रुकुम पश्चिमको चौरजहारी क्षेत्रमा भएको जघन्य सामूहिक हत्याकाण्डको घटनाले राष्ट्रिय जनमुक्ति पार्टी आबद्ध जनमुक्ति मंच, साईप्रसलाई स्तब्ध बनाएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चासोका रुपमा हेरिएको सोती घटनामा जाजरकोटका ६ युवाको अकल्पनीय मृत्यु भएको छ । भेरी नगरपालिका–४ का नवराज विक, सन्दीप विक गणेश बुढा, वडा–११ का गोविन्द शाही, लोकेन्द्र सुनार र चौरजहारी नगरपालिका– १ पश्चिम रुकुमका टीकाराम सुनारको सोती घटनामा ज्यान गएको हो । नवराज विक र सोतीका मल्ल थरकी एक युवतीबीचको अन्तरजातीय प्रेम सम्बन्धका कारण उब्जिएको घटनाले उनीहरू सबैको ज्यान लिएको छ । सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिनु र शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या नै भएको जनमुक्ति मंच, साईप्रसको ठहर छ । निहत्था समूहमाथि स्थानीय व्यक्तिहरूले हातहतियार सहित जुन पाशविक ढंगले जाईं लागे र सामूहिक हत्याकाण्ड मच्चाए त्यसले समाजलाई बर्बरता तर्फ धकेल्ने काम गरेको छ ।

सामान्य, कर्मकाण्डीय ढंगको छानविन र सजायले मात्र यो घटनाक्रमको क्षतिपूर्ति सम्भव हुने छैन भन्ने जनमुक्ति मंच, साईप्रसको धारणा छ । यस्तो घटनाक्रम र जघन्य अपराधको हकमा थप 'कठोर क़ानूनी कारवाही आवश्यक भएको छ। सयौ बर्षदेखि निरन्तर थिचोमिचोमा पारिदै आएको दलित समुदायको सामाजिक, राजनीतिक र आर्थिक हैसियत उकास्न राज्यले अझ पनि धेरै कदम चाल्न बाँकी नै रहेको यो 'चौरजहारी प्रकरणले पुष्टि गरेको पनि हाम्रो ठहर छ।
पुनश्च: यस घटनाक्रमको उच्चस्तरीय एवं निष्पक्ष छानविन र दोषीहरूलाई हदै सम्मको दण्ड सजाय र पीडित परिवारलाई उचित सदभाव र सान्त्वनाको लागि सरकारले तत्काल प्रभावकारी कदम चालोस भनी जनमुक्ति मंच, साईप्रस जोडदार माग गर्दछ । रुकुम पश्चिम मृतकहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।
तारा राई

----------
अध्यक्ष

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...