झापा । प्रदेश नं १ झापा निर्वाचन क्षेत्र ५(ख)अन्तगर्त प्रदेश सांसद माननीय श्री इन्दिरा राई ज्युको सांसद विकास कोषको आर्थिक सहयोग र कमल गाउँपालिका झापाको संयोजनमा संचालित ३ महिने निशुल्क ढाका बुनाई (साड़ी,बर्की,सल,हाफसल) कार्यक्रम सम्पन्न भएको छ।तालीम कार्यक्रम विगत ३ महीना देखि उद्यमशील महिला जागरण केन्द्रले आयोजना गरेको हो सो तालिममा प्रशिक्षक गोमा श्रेष्ठले तालिम दिदै आएका थिए। सोही कार्यक्रमको समापन सोमवार कमल गाउँपालिका वार्ड ३ केर्खामा सस्थाको आफ्नै हलमा शान्ता दहालको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रम राष्ट्रीय गान बाट सुरुवात भएको थियो भने कार्यक्रमको व्यानर प्रमुख अतिथि कमल गाउँपालिकाका प्रमुख मेनूका काफ्ले पढेर औपचारिक रुपमा उटघाटन गरेका थिए । कार्यक्रम विशेष ३महीने निशुल्क ढाका बुनाई तालिम प्रशिक्षित १६ जना महिलाहरुलाई संस्थाले प्रमाण पत्र प्रमुख अतिथि गाउपालिका अध्यक्ष मेनुका काफ्लेको हस्तबहुलीबाट प्रदान गरेका थिए।भने विशेष अतिथि रेनुका गौतम लगायत सन्ध्या ग्रुपका पूर्व अध्यक्ष एवम मुग्लानी खबरका प्रतिनिधि वीरेन्द्र याक्थुम्बा,कमल गाउँपालिका वाणिज्य उद्योग संघका अध्यक्ष तथा पत्रकार उमानाथ भण्डारी,कमल याक्थुङ युवा मञ्चका अध्यक्ष एवम बि.आर. एस च्यालनका प्रोफाइटर पत्रकार बसन्त राज सुब्बा र सिने क्लिक प्रोड्यूसनका प्रोफाइटर बेनु राज लिम्बूको हस्तबहुलीबाट पनि प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि मेनुका काफ्लेे यो तालीम सिप बाट सिप सिकेर मानिसले अरु संग हात जोड़नु पर्दैन।आफैमा आत्मनिर्भर बन्न सकिन्छ।आफुले गरेको कार्य बाट अरुलाई पनि प्रेरित गर्न सकिन्छ र आफ्नो क्षमताको विकास गर्ने अझ यो कार्यले महिलाहरुमा साहस जगाएको बताउनुभयो साथै यस्ता उदाहरणनिय कार्यमा सधै साथ र सहयोग रहने छ भनेर प्रतिबद्धता समेत कमल गाउँपालिका अध्यक्षले गरेका थिए ।
त्यस्तै मंतव्यमा अतिथि रेनुका गौतम , वीरेन्द्र याक्थुम्बा , उमानाथ भण्डारी र याम दहाल लगायतले उद्यमशील महिलाले गरेको सक्रिय पूर्वक गतिविधिहरुको उच्च प्रसंसा गर्दै प्रशिक्षित महिलाहरुलाई प्रमाण पत्र हस्तान्तरण गर्दै साथै बधाई दिदै यो कार्यलाई निरन्तरता दिन र उद्यमशील बन्न शुभकामना व्यक्त गरेका थिए । यस कार्यक्रमको संचालन संस्थाको सचिब गौरा चेम्जोङ राईले गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...

No comments:
Post a Comment