Monday, June 8, 2020

भाषा, पहिचान, अस्तित्व र राष्ट्रिय जनमुक्ति पार्टी

ईलाम । माङ्सेबुङ्ग (इलाम) । यदी राजनीतिधार स्पस्ट छ भने पहिचान र अस्तित्व स्थापित गर्न कुनै हम्मे नै पर्दैन । जसको ज्वलन्त उदाहरण राष्ट्रिय जनमुक्ति पार्टीले दिएको छ । बिगत तीन दशक देखी उत्पिडन जाती समुदाय बर्ग क्षेत्र लिङ्गको आवाज बुलुन्द गर्दै आएको पार्टीले जनमुक्तिले स्थानिय निर्वाचन पश्च्ताप उक्त कार्य शुरु गरेको छ । नेपालमै पहिलो पटक इलामको माङ्सेबुङ गाउँपालिकाको लारूम्बामा ‘लिम्बू भाषा’लाई सरकारी कामकाजी भाषाका रूपमा प्रयोगमा ल्याउने एतिहासिक कार्य जनमुक्तिले गरेको छ ।

लिम्बू समुदायको बाहुल्य रहेको ईलामको माङ्सेबुङ्ग गाउँपालिका–५, लारूम्बाले सरकारी कामकाजी भाषाका रूपमा लिम्बू भाषालाई कार्यान्वयन गर्ने वडाध्यक्ष अध्यक्ष नेरन्द्र राईले जानकारी दिए । उक्त वडामा राष्ट्रिय जनमुक्ति पार्टीले स्थानिय निर्वाचनमा प्यानल नै जितेको थियो । पहिचानको लडाईं लड्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले सो वडामा दोभाषे कर्मचारी नभए पनि ‘लिम्बू भाषा’ र ‘किराँत सिरिजङ्घा लिपि’ को आधार क्षेत्र भएकाले माङ्सेबुङबाटै सरकारी कामकाजमा ‘लिम्बू भाषा’ प्रयोगमा ल्याएको वडाध्यक्ष राईले बताए ।

मुल सफा छ भने धारामा सफा पानी नै आउछ भने झै राष्ट्रिय जनमुक्ति पार्टीको राजनीतिक मार्ग चित्र स्पस्ट भएको हुँदा स्थानिय तहको एउटा वडाको जित लाई जनमुक्तिले राजनीतिक जितको उपलबधीमा परीणत गरेको छ । ‘लिम्बू भाषा’प्रयोग पछी राष्ट्रिय जनमुक्ति पार्टीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्थरमा सफलताको चर्चा बटुलेको छ । जन्मदै पहिचान र अस्तित्वको मुद्धा बोकेर जन्मेको राष्ट्रिय जनमुक्ति पार्टी ढिलो-चाढो मुलधारको शक्तिको रुपमा स्थापित हुने पहिचान पक्षधर बिज्ञहरु बताउछन ।

पार्टी जीवनकालमा जनमुक्ति पार्टीले धेरै महत्वपूर्ण कार्यहरु सम्पन्न गरेको छ । पार्टीको सिमित स्रोत साधनले गर्दा कतिपय उपलब्धिका बिषयहरु ओझेलमा परेका छन भने मिडियाको पहुचको अभाबले कतिपय बिषयलाई नियत बस ओझेल पारीएको छ । घाम पुर्वबाट नै झुल्किन्छ भने झै राजनीतिक अंकुरणको शिरा पुर्व बाट नै भएको छ ।

स्मरण रहोस् : भाषाको बिषयमा सो पार्टीका चर्चित नेता गोरे बहादुर खपाङ्गि मन्त्री हुँदा संस्कृति भाषाबाट हुने शैक्षिक पठनपाठन खारेज गरेका थिए भने । अर्का चर्चित नेता दल बहादुर बिरकट्टा मगरले मगर भाषाको शैक्षिक पाठ्यक्रम तयार परेका थिए । बिरकट्टा मगर हाल राष्ट्रिय जनमुक्ति पार्टीको जातिय बिभाग प्रमुख रही पार्टी अभियानमा नै कृयाशिल हुनु हुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...