Wednesday, June 10, 2020

कोरोना भाईरसको मनौवैज्ञानिक त्रासबाट मुक्त हुनु पर्छ

सम्पादकिय । चीनको वुहान प्रान्त हुँदै विश्वका धेरै देशका नागरिकलाई प्रभावित पारेको कोरोना भाईरस र यसको प्रभावको आकलनलाई मध्येनजर गर्दै हाम्रो देश नेपालमा यतिबेला एक प्रकारको मनोवैज्ञानिक त्रासको विगविगी मानिसहरुको मष्तिष्कमा सलबलाएको छ । खासगरी विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना
भाईरसको उच्च जोखिममा रहेको सूचना बाहिर आएपछि आम त्रासको यो वातावरण बनेको हो । यसका साथै सञ्चार माध्यममा आएका विभिन्न खाले सूचनाहरुका कारण मानिसहरुमा अझै “मानसिक भयावह”को स्थिति सृजना भएको छ । कोरोना भाईरसको यो त्रासको अवस्था आम नेपालीमा यसरी फैलनु कति ठीक या बेठीक भन्ने कुरा बहसको विषय हुन सक्छ तर मृत्युको अवस्था सम्म सजिलै पुरयाउने त्यो भाईरस र त्यसको सहज रोकथाम बारे स्वास्थ्य जगतमा फैलिएको नकारात्मक यथार्थताले आम मानिसमा “भय र त्रास”को वातावरण बनाउन अझ भूमिका निर्वाह गरेको छ ।

कोरोना भाईरसको कारणबाट उत्पन्न हुने रोगलाई “कोभिड-१९” भनिएको छ । सुख्खा खोकीसंगै ज्वरो पनि आउने र मानिसको छातीलाई विशेष असर पुरयाई मृत्यु सम्म गराउने यो भाईरसजन्य रोग निदानको शसक्त उपाय सहज नहुँदाको बखतमा कोरोना भाईरस अवश्य पनि सबैका लागि “अदृश्य शत्रु” नै हो जसले गर्दा पीडितले शत्रु उपर कुनै प्रतिकृया जनाउन पनि नपाई हार्नु पर्ने हुन्छ । तर सबैका लागि यो कुरा उत्तिकै यथार्थ हो त ? भन्ने कुरा तर्फ आम मानिसको ध्यान जान नसक्दा र नेपालको सरकारप्रतिको शून्य विश्वासका कारण मानिसहरु आम रुपमा कोरोना भाईरसले निम्त्याउने खतरा तर्फ मात्र केन्द्रित भएको देखिन्छ । एकातिर बलियो सरकार बनाएका जनताले त्यही सरकारबाट र कैयन जनप्रतिनिधि साथै सरकारी प्रतिनिधिबाट भरपर्दो अभिभाकत्व नपाएको अवस्था पनि हो, यो । देशमा सरकार नै “जीउ हजुरी”मा चलेको अवस्था भोगीरहेका नेपालीहरुले सरकारका तर्फबाट जे जति आव्हान गरेता पनि त्यस उपर कत्ति पनि भरोसा नभएको प्रतिको आम संकेत यस परिस्थितिले देखाएको छ ।

समय र परिस्थिति जस्तो भएता पनि हामी नेपालीले बुझ्नु पर्ने कुरा के हो भने कोरोना भाईरस सम्बन्धमा सचेतता अपनाए मात्र पनि नेपालीहरु यो भाईरसको कारण उत्पन्न हुने विकराल स्थितिबाट कहिल्यै पिल्सिनु पर्ने छैन । बाहिर हल्लाका पछाडि नलागी आफ्नो शरीरमा भाईरस प्रतिरोध क्षमता विकासमा हामीले ध्यान दिन जरुरी छ । यसका लागि हाम्रा आहारविहार पहिलो शर्त हो । यसैपनि अब बदलिंदो मौसमका कारण प्रायसः नेपालीहरुमा भाईरसजन्य रुघाखोकी, ज्वरो, झाडापखाला लगायतका मौसमी प्रभावका रोगहरु त त्यसै पनि हरेक वर्ष दोहोरिदै आएको छ । तर विश्वमा वातावरणीय उथलपुथलका कारण थप प्रभाव जो हुन जानेछ त्यसलाई पनि प्रतिरोध गर्न सक्ने र पचाउन सक्ने भनेको हाम्रा बलशाली शारीरिक प्रतिरोध क्षमताले नै हो । तर नेपालीलाई लाग्न सक्ने कोरोना भाईरस बारे हाम्रा राज्य सञ्चालकहरु साथै नीति निर्माताहरु नै संसदमा कोकोहोलो मच्चाईरहदा यस्तो प्रतित हुन्छ कि अब साराका सारा नेपालीहरु कोरोना भाईरसबाट ग्रसित हुँदैछन् । तर हामीले आम जनतालाई विश्वस्त बनाउनु पर्छ - केवल नकारात्मकताका पछाडि लतारिएर त्यसैत्यसै कमजोर हुनु भन्दा हाम्रै वरीपरी अवस्थित जैविक विविधताले “कोरोना ढाल”को काम पनि गर्छ नि भनेर बेलैमा आफ्ना खानपिन र बानी व्यहोरमा केही मितव्ययिता कायम गरौं । सारा जीवन हाम्रै सचेतता र बलशाली दृढ इच्छाशक्तिमा निर्भर छ ।
२०७६ गत फागुन २४ गते अर्ध साप्ताहिक संघीय एक्सप्रेसमा प्रकाशित सम्पादकीय बर्तमान परिपेक्षय मा समय सान्दर्भिक भएको हुँदा पुन अनलाईन मा पनि राखिएको छ । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...