Monday, May 4, 2020

राष्ट्रिय जनमुक्ति पार्टी बुटवल उपमहानगरपालिका द्वारा राहत बितरण

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको लकडाउन कारण नगर भित्र बसोबास गर्दै आएका पार्टी भित्रका बिपिन्न परिवारलाई राहत खाधान्न बितरण गरेको नगर अध्यक्ष थर्क बारघरे मगरले जानकारी दिएका छन
। लामो समयदेखी जारी लकडाउनका कारण पर्न गएको समस्यालाई मध्यानजर गर्दै राष्ट्रिय जनमुक्ति पार्टीका नगर अध्यक्ष थर्क बारघरे मगरले आफु मातहातका सबै वडा भित्र रहनुहुने पार्टीका शुभचिन्तक तथा कार्यकर्ताहरुमा खाधान्न सामाग्री बितरण गरेको बताए । 

यस्तो आपत बिपतमा राज्यले वा स्थानिय सरकारले  सबै क्षेत्र-तह सम्म हेर्न नसक्ने भएको हुँदा आफ्ना बिपन्न परिवारका सदस्यहरुलाई उक्त राहत प्रदान गरेको बारघरेले जानकारी गराएका छन । यस्तो आपतबिपतमा सहयोगमा जुट्नु भनेको सबै भन्दा ठुलो मानबिय धर्म हुने बारघरे ले बताए । साथै कोरोना भाईरस बाट जोगिन सबै भन्दा राम्रो उपाय नै घरमानै बस्ने हो । लकडाउनको पूर्णरुपमा पालना गरौ । विश्वस्वास्थ्य संगठन WHO को सल्लाह अनुसार साबुन–पानीले हात धोईराखौ  । सेनिटाइजरको प्रयोग गरौ । यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाऔ । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाक्नुपर्छ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब सल्लाह पनि दिएका छन ।
मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-८४ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ 'आफु पनि बचौ र अरुलाई पनि बचाउ' सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ सहसयोजक् दुध बहादुर गुरुङ्गले बताए । यस्तो महामारीमा आम सर्वसाधारणहरु कोरोना भाईरस बाट बच्न् सबै जना घारमै बसौ, सुरुक्षित रहन अनुरोध गरेका छन । सो राहत बितरण गर्न कोरोना भाईरस (कोविड्-१९) बिरुद्ध खडा गरिएको 'कोरोना राहत बिपद कोस' का सहसंयोजक् दुध बहादुर गुरुङ्ग, सचिब बसन्ती साठीघरे, कोसाध्यक्ष गोपाल चौहान नेता लुम बहादुर थापा, सदस्य दुर्गा लम्साल, पदम बहादुर टङ्गलामी , प्रेम पुन लगायतका नेता हरुको उपस्थिती रहेको थियो ।  

1 comment:

  1. सह्रानीय काम भएको छ ।

    ReplyDelete

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...