Monday, May 4, 2020

लायन्स क्लब द्वारा स्वास्थ्य सामाग्री (पिपीई) वितरण

भैरहवा । सिद्धार्थनगर भैरहवाको सबैभन्दा पुरानो लायन्स 'सिद्धार्थ नगर लायन्स क्लब' ले युनिभर्सल मेडिकल कलेजको प्राङ्गणमा १२ वटा एम्बुलेन्सका चालकलाई १२ थान PPE (Personal Protective Equipment) वितरण गरेको छ ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध खटिरहेका एम्बुलेन्सका चालकहरुको उच्च जोखिम लाई मध्यनजर गर्दै उक्त स्वास्थ्य सामाग्री (पिपीई) बितरण गरिएको कोरोना भाईरस (कोभिड-१९) बिरुद्ध जुटिरहेका समाजसेवी ओम श्रेष्ठले जानकारी दिएका छन । 

मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-८४ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ । घरमै बसौ सुरुक्षित रहौ । बिहान-बेलुका सामाजिक दुरी कायम नगरी मनिषहरुको आवत जावत बढीरहेको हुँदा आफ्नो टोल चोकको बिशेष निगरानी राखौ । हामी आँफै सचेत र सर्तक भयौ भने कोरोना बिरुद्ध हामी बिजय हुने छौ ।
तसर्थ यस महामारी र बिपतको घडीमा हामी सबै संयम बनौ, एक अर्का दु:ख सुख मा साथ सहयोगी गरौ लायन्स क्लबका अग्रज लिडर तथा District-325, B2 का Honarary Co-chief Advisor धर्मराज श्रेष्ठले बताए । मुलुकमा भईपरी आउने आपतबिपत तथा संकटको घडीमा लाइन्स क्लबले निरन्तर सहयोग र साथ दिदै आईरहेछ । यो कोभिड्-१९ बिरुद्ध पनि रहात बितरण देखी स्वास्थ्य सामाग्री बितरण भईरहेको क्लबका अध्यक्ष रमेश घिमिरेले बताए छन । कोभिड-१९ जोखिम बाट बच्न् घरमै बसौ । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...