Tuesday, May 5, 2020

तिलोत्तमा नगर वडा नम्बर- ९ कार्यालय र मिलिजुलि टोल सुधार समिती द्वारा खाधान्न बितरण

तिलोत्तमा ।  विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) बिरुद्ध जारी लकडाउनको कारण दैनिक ज्याला-मजदुरी गरेर सांझविहानको गुजारा गर्दै आएका अति विपन्न परिवारलाई तिलोत्तमा नगर
वडा नम्बर- ९ कार्यालय र मिलिजुलि टोल सुधार समितीको पहलमा पश्चिम मंगलापुरका ८० घरलाई खाधान्न सामाग्री बितरण गरेको छ । लामो समय देखी जारी लकडाउनको कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै तिलोत्तमा नगर वडा नम्बर- ९ कार्यालय र मिलिजुलि टोल सुधार समितीको सयुक्त प्रयासबाट सो क्षेत्रमा बसोबास गर्दै आएका अतीबिपन्न परिवारलाई राहत सामाग्रीमा बितरण ग्रएको युव समाजसेवी दिपक थापाले बताएका छन । अहिले बितरण गरिएको दाल-चामल, नेन-तेल र साबुनले केही दिन लाई भए पनि राहत मिल्ने छ । मिलिजुलि टोल सुधार समिती दु:ख सुखमा निरन्तर
साथ दिदै आईरहेको छ । यस्तो बिपतको घडीमा सबैले आफ आफ्नो स्थान बाट सक्दो सहयोग गरौ । मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-८४ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ 'आफु पनि बचौ र अरुलाई पनि बचाउ' ! सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ युवा समाजसेवी दिपक थापाले बताए ।  

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...