तिलोत्तमा । विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न तिलोत्तमा-१४ कोटिमाई आमा समुह सिसौडाडा खैरियाको पहलमा सेनिटाइजर, साबुन र कोरोना बिरुद्ध सचेतना क्यालेण्डर वडाका सबै घरधुरीमा बितरण गरिएको छ ।
मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-८४ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ 'आफु पनि बचौ र अरुलाई पनि बचाउ' भन्ने मानबियता दायित्व र सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ भन्दै आमा समुह अध्यक्ष पवित्र पौडेल र टोल बिकास समिती अध्यक्ष सुबी काउछा, युवा समाजसेवी आश्बिन तमु र पूर्ण तमुको पनि उपस्थिती रहेको थियो । कोरोना भाईरस बिरुद्ध सचेतना कार्यक्रम तथा स्वास्थ्य सामाग्री बितरण गर्दै जादा आम सर्बसाधारणले सराह्निय कार्य भनी प्रसंशा गरेका थिए ।साथै आम जनसमुदाहरुले बेला बेलामा साबुन–पानीले हात धोईराख्ने, सेनिटाइजरको प्रयोग गर्ने, यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाउने । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाकौ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब टोल बिकास समितीका अध्यक्ष सुबी काउछाले सुझाब सल्लाह दिएका छन । घरमै बसौ, सुरुक्षित रहौ ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
संजय सिंजाली मगर । बर्दघाट, नवलपरासी । नवजिवन युवा क्लबको दशौँ साधारणसभा एवं चौथो अधिवेशन बर्दघाट-४, बाढिपिडित दुर्गा मान्दिर प्राणगणमा सम्...
-
नारायण न्यौपाने, पाल्पा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को लक डाउनले पारेको प्रभावबारे सामान्य जनता समेत ज...
-
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी, बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको ...


No comments:
Post a Comment