Friday, May 8, 2020

श्री बिहानी बचत तथा ॠण सहकारी संस्था द्वारा खाधान्न बितरण

बुटवल । श्री बिहानी बचत तथा ॠण सहकारी संस्था लिमिटेड बुटवल उपमहानगरपालिकाले बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को महामारी बिरुद्ध जारी गरिएको लकडाउन कारण नगर भित्र बसोबास गर्दै आएका सहकारी संस्थाका अती बिपिन्न शेयर सदस्यहरुको परिवारलाई राहत स्वरुप खाधान्न बितरण गरेको संस्थाका अध्यक्ष लुम बहादुर सारु मगरले जानकारी दिएका छन ।
कोभिड-१९ बिरुद्ध लामो समयदेखी गरिएको लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै श्री बिहानी बचत तथा ॠण सहकारी संस्था लिमिटेडको तर्फ देखी सानो सहयोग गरेको बताए संस्थाका सचिब गोपाल चौहानले बताउनु भयो ।

मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-१०२ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ 'आफु पनि बचौ र अरुलाई पनि बचाउ' भन्ने मानबियता दायित्व र सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ। यस्तो बिपतको घडीमा सबैले सक्दो सहयोग गरौ अध्यक्ष सारु मगरले आग्रह समेटा गरेका थिए । राहत बितरण गर्दै गर्दा उपाध्यक्षय माया सारुले यस्तो महामारीमा आम सर्वसाधारणहरु कोरोना भाईरस बाट बच्न् बेला बेलामा साबुन पानीले हात मिचिमिची धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग छोप्ने, आँखा, नाक र मुखमा हात नलगाउने, सामाजिक दुरी कायम गर्ने आदी सुझाब दिएका छन । 

समितीका अध्यक्ष लुम बहादुर सारु मगरको पहल मा श्री बिहानी बाचात तथा ॠण सहकारी संस्था लिमिटेडका सदस्यहरुलाई रहत बितरण गर्न उपाध्यक्ष माया सारु, सचिब गोपाल बहादुर चौहान मगर कोसाध्यक्ष दुर्गा राना मगर, बसल्लाकार पितम्बर राना मगर, नि बर्तमान सल्लाकार पदम टङ्गलामी मगर , ब्यबस्थापक ईन्द्र बहादुर थापा मगर लगायतका समाजसेविहरुको उपस्थिती रहेको थियो ।  यो महामारी-बिपतको घडीमा सहयोगी बनौ । जारी लकडाउनको सबैले पालना गरौ । सबै जना घारमै बसौ, सुरुक्षित रहौ भनी सबै लाई आग्रह समेत गरेको छन ।  

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...