Monday, May 4, 2020

अतिबिपन्न परिवार, माझदुर तथा बिद्यार्थीहरुलाई नेपाल मगर संघ द्वारा निरन्तर सहयोग

काठमाण्डौ । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले जारी गरेको लकडाउनको कारण दैनिक ज्याला-मजदुरी गरेर सांझविहानको गुजारा गर्दै आएका अति विपन्न परिवारलाई नेपाल मगर संघको पहलमा ललितपुर को लुभुमा राहत सामाग्री बितरण गरेको छ ।
नेपालमा जारी लकडाउनको कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै नेपाल मगर संघका अध्यक्ष नबिन रोका मगरले सो क्षेत्रमा बसोबास गर्दै आएका मजदूर/ज्यामी, भरिया, असाहय बिद्यार्थीहरु लगायत अतीबिपन्न परिवारलाई संघको तर्फ बाट सानो सहयोग गरेको बताए रोकामगरले बताए । निरन्तर जारी लकडाउनको प्रभाबले जनमानसमा समस्या उत्पन्न देखिएको हुँदा नेपाल मगर संघको पहलमा बेलायत मा बधाई आउनु भएका मगर समुदायहरु तथा बेलायत स्थित मगर संघ संस्थाहरुको सहयोगमा उक्त राहत बितरण गरिएको थियो । संकलित राहत सहयोग बितरण गर्न संघका अध्यक्ष नबीन रोकामगर, महासचिव ज्ञानेन्द्र पुनमगर, बिदेश सचिव रक्षबहादुर रैकामगर, केन्द्रिय सल्लाहकार भोज बिक्रम बुढामगर, प्रदेश समिति को प्रथम उपाध्यक्ष कृष्ण रानामगर, युवा सघ केन्द्रीय कोषाध्यक्ष भुपेन्द्र बुढामगर, महिला सघ केन्द्रीय सदस्य दीपा थापामगर, जिल्ला अध्यक्ष कृष्ण गोपाल रानामगर लगायतका मगर समाजसेविको उपस्थिती रहेको थियो । 

नेपाली जनता माथि परेका हरेक सुख दु:खमा नेपाल मगर संघ र अन्तर्राष्ट्रिय मगर महासंघ द्वारा निरन्तर सहयोग गर्दै आएको छ । यस्तो बिपतको घडीमा सबैले सक्दो सहयोग गरौ । मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-८४ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ 'आफु पनि बचौ र अरुलाई पनि बचाउ' सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ महासचिब ज्ञानेन्द्र पुनले बताए । साथै मुलुकमा कोरोना (कोभिड्-१९) को संक्रमित संख्या बढ्दै जदा थप सचेत हुनु पर्ने बिदेश बिभाग सचिब रक्ष रैकामगरले सुझाएका छन । यस्तो महामारीमा आम सर्वसाधारणहरु कोरोना भाईरस बाट बच्न् बेला बेलामा साबुन पानीले हात मिचिमिची धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग छोप्ने, आँखा, नाक र मुखमा हात नलगाउने जस्ता आदी सुझाब गुरुन्ङले दिएका छन । जारी लकडाउनको सबैले पालना गरौ । सबै जना घारमै बसौ, सुरुक्षित रहौ । नेपाल मगर संघले सम्पूर्णमा सजग र सचेत रहन पनि आग्रह गरेको पनि बताए ।  

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...