Sunday, May 3, 2020

नयाँ-गाउँ तथा रानी-गाउँ का परोपकारी युवाहरु

भैरहवा । सिद्धार्थनगर भैरहवाका नयाँ गाउँ तथा रानी गाउँ, पक्लिहवाका युवा समाजले 'युनिभर्सल मेडिकल कलेज'मा भर्ना भएका विरामी तथा कुरुवाका साथै यस Institute का समग्र स्टाफहरु लाई चौथौ चरण अन्तर्गत स्वादिष्ट शाकाहारी खाना खुलाएका छन् ।
तस्बिर सौजन्य : ओम श्रेष्ठ
लकडाउनका कारण यस मेडिकल कलेज वरपरका भोजनालयहरु बन्द भएकाले बिरामी तथा कुरुवाहरुलाई खाना खान अप्ठ्यारो परिरहेको पृष्ठभुमिमा यसै कलेज सँग सिमा जोडिएका दुई गाउँका ( नयाँ-गाउँ तथा रानि-गाउँ) उदार ह्रदय भएका युवा तथा समाजसेवी सुशील गुरुङको पहलमा करोना भाईरस (कोभिड-१९) बिरुद्ध UCMS शिक्षण अस्पतालको परिसर भित्र अग्रपंक्तिमा रहेर लडिरहेका स्वास्थ्यकर्मी, अतीबिपन्न गरिब परिवार, उपचारक्रममा रहेका बिरामी तथा उनका कुरुवाहरु, सुरक्षाकर्मी, पत्रकार तथा अस्पातलमा डिउटी गरीरहेका कार्यरथ UCMS Staff हरु गरि ७१० जनालाई शुद्ध शाहाकारी भोजन खुवायको थियो ।

युवा समाजसेवी यम बहादुर थापा ( माहिला) तथा संतोष गुरुङ को संयोजकत्वमा उक्त परोपकारी कार्य सम्पन्न गर्न समाजसेवी 'श्री तुल बहादुर गुरुङ्ग' उर्फ 'राम' (हाल वेलायत)” को सौजन्यमा यस मेडिकल कलेजका बिरामी, कुरुवा तथा मेडिकल कलेजका स्वास्थकर्मी तथा स्टाफहरुलाई चौथौ पटक परोपकारी कार्य सम्पन्न भएको युवा खेलाडी तथा समाजसेवी ओम श्रेष्ठले सामाजिक संजालमा प्रशंसा गरेका छन ।
तस्बिर सौजन्य : ओम श्रेष्ठ
श्रेष्ठले आफ्नो संस्कृति तथा परम्पराको जगेर्ना गर्न तथा युवाहरूलाई विभिन्न खेलकुद, सांस्कृतिक तथा अन्य रचनात्मक क्रियाकलापहरुमा संलग्न गराउनमा नयाँ-गाउँ तथा रानी-गाउँका युवाहरूले, ५०/६० वर्ष अघि देखि नै अति नै प्रशंसनीय तथा उल्लेखनीय भुमिका निर्वाह गर्दै आइरहेको एतिहासिक पृष्ठभुमिमा, यस दुवै गाउँका युवाहरूले कोरोना भाइरस माहामारिको कारण सम्पुर्ण देश नै लकडाउन भएको अवस्थामा यस्तो पवित्र कार्यक्रम सम्पन्न गरेर आफ्नो गाउँको परम्परालाई अझै गौरवशाली बनाएको खुलेर प्रशंसा गरेका छन । लकडाउन शुरु भए संगै आर्थिक मारमा परेका यस गाउँ वरपर रहेका १५० विपन्न परिवारहरुलाई राहत सामग्री पनि वितरण गरिसकेका यस गाउँका युवाहरूलाई सामाजिक सेवाका यस्ता पवित्र क्रियाकलापहरुमा लाग्न अझै प्रेरणा मिलोस श्रेष्ठले शुभेच्छा प्रकट गरेका छन भने मुलुक भरी (कोविड्-१९) बाट सक्रमित संख्या-७५ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ । 
तस्बिर सौजन्य : ओम श्रेष्ठ
अर्का समाजसेवी शुसिल गुरुङ्गले स्थानिय नगर संगै जोडीएको कोटहीमाइ गाउपालिका मर्चवारका युवामा कोरोना संक्रमित भेटिए पछी थप सचेत हुनु पर्ने पनि सुझाएका छन । यस्तो महामारीमा आम सर्वसाधारणहरु उक्त कोरोना भाईरस बाट बच्न् बेला बेलामा साबुन पानीले हात मिचिमिची धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग छोप्ने, आँखा, नाक र मुखमा हात नलगाउने जस्ता आदी सुझाब गुरुन्ङले दिएका छन । यो महामारी-बिपतको घडीमा सहयोगी बनौ । जारी लकडाउनको सबैले पालना गरौ । सबै जना घारमै बसौ, सुरुक्षित रहौ । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...