Friday, May 1, 2020

अती बिपन्न परिवारलाई तमु ह्युला छोंज धिं रुपन्देही द्वारा राहत बितरण

रुपन्देही । विश्वस्तरमैं महामारीको रुपमा देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले जारी गरेको लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै तमु ह्युल छोज धिं गुरुङ्ग राष्ट्रिय परिषद, रुपन्देहीले दैनिक ज्याला-मजदुरी गरेर सांझ-विहानको गुजारा गर्दै आएका अति विपन्न परिवारलाई जिल्ला अध्यक्ष बिमला गुरुङ्गको सयोजक्त्वमा राहत बितरण गरेको छ ।

राहत बितरण गर्न जिल्ला अध्यक्ष बिमला तमु, सचिव ओम प्रकाश तमु, सल्लाहकार दुर्गा बहादुर तमु, कोसाध्यक्ष मन प्रसाद तमु लगायत समबन्धित नगरका वार्ड अध्यक्षज्युहरुको उपस्थितिमा राहत बितरण गरिएको सचिब ओम प्रकाश तमुले बताएका छन । सचिब तमुले नेपालमा कोरोना भाइरस (कोविड्-१९) बाट सक्रमित संख्या-५९ जना पुगी सकेको हुँदा अब हरेक नागरिकले उच्च सतर्कताका साथ आफु पनि बचौ र अरुलाई पनि बचाउ भन्ने सरकारले जारी गरेको लकडाउनको नियम पूर्ण रुपमा सबैले पालना गरौ साथै अत्यावश्यक काम नपर्दासम्म घरमै बस्न, भीडभाडमा नजान, किनमेल गर्दा सोसल दुरी कायम गर्न अनुरोध पनि गरेका छन ।


रुपन्देहीमा पनि कोरोना संक्रमित भेटिए पछी आम सर्वसाधारणहरुलाई साबुन पानीले हात मिचिमिची धुने, सेनिटाइजरको प्रयोग गर्ने, मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग छोप्ने, आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब अध्यक्ष बिमला तमुले सुझाब सल्लाह पनि दिएका छन । यो महामारी-बिपतको घडीमा सहयोगी बनौ । सरकारले जारी गरेको लकडाउनको सबैले पालना गरौ । सबै जना घर मा बस्न आग्र्ह पनि गरे ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...