तिलोत्तमा । तिलोत्तमा-११ भु.पु.सैनिक टोलबासीहरुले बुद्ध परयती उदय बिहार तिलोत्तमा-४ रहनु भएका भिक्षु–भिक्षुणीहरु, उपासक–उपासिकाहरुलाई बिहारमा नै गएर हरियो साग सब्जी प्रदान गरेको भुपु सैनिक टोलका समाजसेवी प्रेम कनौजेले संघिय एक्सप्रेसलाई बताए ।
कनौजेले विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को बिरुद्ध जारी गरिएको लकडाउनको प्रभाबले बुध्द परियती उदय बिहार तिलोत्तमा-४ मा बसेका ३५ जना भन्तेहरुको सुस्वास्वास्थ्य लाइ मध्य नजर गर्दै तिलोत्तमा-११ भु.पु.सैनिक-टोल बासीको तर्फ देखी सानो सहयोग गरेको बताए । भिक्षु जीवन बीताउनुमा आँफैमा एउटा तपस्या हो । दुख पीडा, समस्या आवस्यकताहरु सबै आफैले पुरा गर्नुपर्ने खानपान, औषधि उपचार, सरसफाई दिनहुँ आफैले गर्नु पर्दा एकांगी जीबन अत्यन्त कस्टकर नै हुन्छ । यस बीच कोरोनाको महामारीले थप समस्या थपिदिएको छ । समाज, घर परिवारबाट अलग भएर एक्लो भिक्षु जीबन बिताउनु पनि कोरोनाको महामारीले थप पीडा र व्यथा थपिदिएको छ । दिनदिनैको खानपान जोहो गर्न समेत कठिनाइ भोग्नु पर्ने र गृहस्थीहरु जस्तो कहीं कतै गएर लाइन बसेर राहत लिन पनि नमिल्ने आफ्नो चीबरबस्त्रको अप्ठेरो । गृहस्थीहरु सरह जताततै गएर किनमेल गर्न पनि नमिल्ने। यि समस्याहरुलाई मध्यानअजर गर्दै उपासक–उपासिका भन्तेहरुलाइ सहयोग गर्नु पर्ने समाजसेवी प्रेम कनौजेले बताए ।
No comments:
Post a Comment