Thursday, June 11, 2020

बौद्ध दर्शनमा २८ बु्द्धहरु

लेखक -क्या.नरजंग गुरुङ

बौद्ध दर्शनका अनुसार अहिले सम्म जम्मा २८ बुद्धहरु भइसकेका छन् । 
जुन यस प्रकार छन् -
१) तण्हकर , २) मेधङ्घर, ३) शरणङ्घर, ४) दिपंकर, ५) कौण्डन्य, ६) मंगल, ७) सुमन, ८) रेवत, ९) शोभित, १०) अनोमदर्शी, ११) पद्य, १२) नारद, १३) पद्योवर, १४) सुमेध, १५) सुजात, १६) प्रियादर्शी, १७) अर्थदर्शी, १८) धर्मदर्शी, १९) सिद्धार्थ, २०) तिष्य, २१) पुष्य, २२) विपश्वी, २३) शिखी, २४) विस्वभू, ५) क्रकुछन्द, २६) कोनागमन, २७) काश्यप
२८) गौतम शाक्यमुनी 
बौद्ध दर्शन अनुसार बुद्ध, उत्पती हुने काललाई ५ कल्पहरुमा विभाजन गरिएकोछ ।
१) सारकल्प - एकमात्र बुद्ध उत्पती हुने ।
२) मन्दकल्प - दुई बुद्धहरु उत्पन्न हुने ।
३) वरकल्प -तीन बुद्धहरु उत्पन्न हुने ।
४) सारमन्दकल्प- चार बुद्धहरु उत्पन्न हुने ।
५) भद्रकल्प -पाँच बुद्धहरु उत्पन्न हुने ।
जुन कल्पमा कुनै बुद्ध उत्पन्न हुँदैन त्यसलाई शुन्य कल्प भनिन्छ । अहिले भद्रकल्प चलिरहेको छ । वर्तमान कल्प अर्थात भद्र कल्पमा ५ बुद्धहरु उत्पन्न हुनु परेकोमा क्रक्रुछन्द, कोनागमन, काश्यप, र गौतम बुद्ध गरी ४ बुद्धहरु उत्पन्न भईसकेकाछन् । भविष्यमा मैत्रेय बुद्ध आउन बाँकीरहेको छ ।
                                                                                            लेखक -समाजसेबी एंव बौद्ध दर्शन अभियान्त 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...