Monday, March 23, 2020

[covid 19] र हामी !

जुनु राना मगर । चाइनिज नयाँबर्षको पुर्वसंन्ध्या पारेर चिनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारीले अहिले विश्वब्यापी त्रासको रुप लिएको छ । वुहानमा अहिलेसम्म यो भाइरसको कारण मर्नेहरुको संख्या ३२,४५ जनाको मृत्यु भैसकेको छ भने ८०,९२८ संक्रमितको संख्या र ७०,४२० जना उपचार पछि भएको निको भएको अफिसियल रेकर्ड छ ।

विश्व जनसंख्याको आधा जनसंख्या भएको चिनमा त्यस्तो महामारीले त्यतिको संख्यामा मान्छे मर्नु अस्वाभाविक हो । र यो अस्वाभाविक स्वाभाविक हुनुमा चिनको दक्षता र विश्वमा चिनको प्रभुत्वको नया रुपान्तरण पनि हो । चिन सरकारले दिनरात नभनी यस अनियंत्रित भाइरसको नियन्त्रण गर्न खट्यो । त्यहाँमा डाक्टर नर्स र आम जनताको सहकार्यले वुहान भाइरस परास्त गर्न सक्षम देखिएको छ । अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रम्पले चाईनिज भाइरस भन्दै खिल्ली उडाउंदै अमेरिकामा भाइरसले संक्रमन गर्न नसक्ने दाबी गरेपनी अमेरिकाको ५० वटै स्टेटमा भाइरसको सक्रंमित भेटिएका छन ।

उसो त यो जीवाणु वार हो भन्नेहरु अनेकन छन । चिनका रास्ट्रपतिले यो चिन विरुद्ध प्रयोग गरिएको जैविक प्रहार नै मानेको खबर थियो । र विश्वका विद्वान र विश्लेशकले पनि यहि तर्क दिदा हाम्रो देशमा भने लाचार सरकारको लाचारिपन बाहेक अरु टिप्पणी गर्न सक्दैनौं ।

यसरी विश्वका बलिया देशहरु ठुलाठुला हतियार र आणविक मिसाइल प्रयोग गरेर एकअर्का संग प्रतिस्पर्धा गरिसकेर जैविक परमाणु प्रयोग गरेर मानव क्षती गर्न सुरु गरिसके भने हाम्रो देशमा हरेक नागरिकको टाउकोमा ३६ हजारको दरले ऋृण छ ।

कस्तो बिडम्बना ! हामी कति लाचार । यदि भोलीको दिनमा यस्ता भाइरसहरु संक्रमण भएर महामारीको अवस्था लाग्यो भने हामी किरा फटयांग्रा मरे समान मर्न बाध्य छौं । किनभने हाम्रो सरकार संग साधारण जनताको लागि साधारण रोगको उपचार गर्ने अस्पतालको समेत कमि छ भने यस्तो महामारीको रुपमा संक्रमण गर्ने भाइरसको उपचार कसरी गर्नु ? त्यसैले प्रथामिक उपचार र रोग प्रतिरोधात्मक क्षमता आफैले बढाऔं । आफ्नो र आफ्नाहरुको रेखदेख आफै गरौं । हात धोऔं । कोरोना भाइरस भगाउने भन्दै जथाभावी रक्सी चाहिँ नपिऔं । कोरोनाले भन्दा चाडो रौसिले पनि लान सक्छ । जे जस्तो गरेपनी यसरी सिंगल डबल मास्क लगाउँन पटक्कै नभुलौं ।

लेखक ः जुनु पुन मगरले हङकङ देखी सामाजिक तथा राजनीतिक समय सन्दर्भमा कलम चलाऊनु हुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...