Monday, March 23, 2020

कोरोना भाइरसको संत्रास र परित्राण


चित्र रत्न शाक्य। विश्व अहिले एउटा विश्व व्यापि महामारी रोगले संत्रस्त छ । यो, म लगायत विश्व मानवले सुनेको नयाँ रोग मध्य १ हो “ऋयखष्म ज्ञढ”। मैलेनै यो जिवनमा नयाँ नयाँ रोगहरूका नाम सुने र विरामी पनि देखें । इन्सेफ्लाईटीस, मेनेञ्जाईटीस्, इनफ्लुएञ्जा, फ्लु, स्वाइन फ्लु, डेङ्गु, ईबोला र अहिले कोरोनाभाइरस । मानिसले रोगको निदान भए पछि त्यसको निवारणको लागी औषधि तयार गर्दै गए । तर रोग मानिसको ज्ञान भन्दा बाहिर बाहिरकै निस्किंदै आए । कतिपय रोगको त औषधि अहिलेसम्म बनाउन सकेको छैन । जस्तो कि क्यान्सर ! क्यान्सर रोगको अस्पतालहरू खुल्दै गएर उपचार भईरहेको भए पनि निको पार्ने औषधि हालसम्म तयार भईसकेको छैन । च्भकभबचअज मैं काम भईरहेको छ । मृत्युलाई अलि पर धकेल्ने उपायसम्म भएको छ ।

यो कोरोना भाइरस अरू भाइरस भन्दा फरक प्रकृतिको रहेछ । अरू भाइरस हावाबाट सर्छ भने यो शरीरको सम्पर्कमा आए पछि मात्र सर्ने रहेछ । हुन त ज्क्ष्ख् पनि शारिरीक सम्पर्कबाटै सर्ने हो । तर ज्क्ष्ख् को जीवाणुले मानव शरीरको बाहिरी छालालाई भेदन(एभलभतचबतभ) गर्न सक्दो रहेनछ । यौनाङ्गको भित्री छालालाई मात्र भेदन गर्न सक्दो रहेछ । तर कोरोना भाइरसले भने मानव शरीरको बाहिरी छालामा बसेर छालाबाट प्रोटीन प्राप्त गरेर बलियो भएर त्यहि छाला छेडेर प्रवेश गर्दो रहेछ । भाइरसलाई मार्न सक्ने कुनै औषधि छैन भनिन्छ । किनकि कुनै पनि औषधिको अणु भाइरस भन्दा धेरै ठूलो हुन्छ । भाइरसमा प्रवेश गर्ने औषधी नै छैन । त्यसको मतलब भाईरस धेरै सानो भएकोले हा े। भाइरसलाई सामान्य ःष्अचयकअयउभ ले देख्न सकिन्न । यो भ्भिअतचय(mष्अचयकअयउभ ले मात्र देख्न सकिन्छ । तर कोरोना भाईरसले प्रोटीन चाहिं ग्रहण गर्न सक्दो रहेछ । यसको मतलब भाइरस जिवाणु भन्दा प्रोटीनको कण सूक्ष्म रहेछ । अब यो कसरी भयो भन्ने कुरा बैज्ञानिकहरूले पत्ता लगाउने कुरा हो । मैले बुझेको त रोग र रोगको कारक यस संसारको विशेषता हो । यो संसारमा विभिन्न अवसरमा प्रभावको रूपमा देखा पर्दछ। बुद्धले गृहत्याग गर्नु अघि ४ निमित्त देखेको थियो, १) बृद्ध २) रोगी ३) मृत शरीर र ४)सन्यासी

बुढो हुनु र मर्नु झैं रोगी हुनु पनि संसारको एक हटाउन नसकिने एक गुण, विशेषता हो । एउटा रोग जानकारीमा आउँछ, त्यसको निवारण फेला पार्छ, तर अर्को रुप लिएर रोग प्रकट भईहाल्छ । कोरोना भाइरसलाई यस्तै रूपमा जान्नु पनि हामीमा कोरोना विरुद्ध लड्ने क्ष्mmगलभ पैदा गर्ने एउटा कारक तत्व हुन्छ । जस्तो कि एउटा किराले टोके पनि साँपले टोकेको भन्ने् ठानेर मरेको देखे सुनेकै छौं हामीले । सत्यताले डर हटाउँछ र आत्मबल संचार गर्छ । त्यो नै क्ष्mmगलभ पावर हा । यो ष्mmगलभ पावरले गर्दा हामीलाई कोरोनाले सित्तिमित्ति हमला गरी हाल्न सक्दैन र कोरोना भाइरसबाट बच्ने धेरै उपाय अपनाउने अवसर मिल्छ । जस्तो कि विज्ञहरुले भनेका छन, हात बरोबर धुने गर्ने, हातले नाक, मुख वा अनुहारमा छुने नगर्ने, टायम टायममा मुख कुल्ला गरिरहने ताकि कोरोना पानीसंगै घाँटीबाट छिरोस् र पेटमा भएको एक प्रकारको एसिडको सम्पर्कमा त्यो कोरोना भाइरस आयो भने मर्छ, अरूसंग हात नमिलाउने, अंकमाल नगर्ने, बाहिर धेरै मानिसको जमघट हुने ठाउँमा नजाने आदि आदि । अन्यथा कोरोना हामीभित्र प्रवेश गरेर थला पारे पछि के गर्न सक्छौं? अन्य रोग झैं यो पनि संसारमा हुने रोग हो भनेर जाने पछि मनको त्रासले हतास बनाउँदैन र होशीयार बन्न सहयोग गर्छ । यो एक प्रकारको मनको (चित्त) को थेराफी हो । डा. विकासानन्दले पनि एउटा नारा दिएको छ । यो नयाँ नारा हो । उहाँको पुरानो नारा थियो “जो हाँस्न जान्दैन, त्यो बाँच्‍न जान्दैन“। नयाँ नारा चाहिं “जो हाँस्दैन, त्यो बाँच्दैन“। हाँसोले शरीरमा गर्मी पैदा गर्छ र  क्ष्mmगलष्तथ उयधभच बढ्छ । भाइरसको लागी औषधि त छँदै छैन । क्ष्mmगलष्तथ उयधभच ले नै काम लिनु पर्छ । रूघा खोकी लगायत भाइरसबाट हुने कुनै रोगको औषधिले पनि भाइरसलाई मार्देन, केवल क्ष्mmगलष्तथ उयधभच बढाउने हो । सत्यलाई जान्नु डर र डरबाट हुने दुर्घटनाबाट बच्नु हो । यो संसार रोगले खाली कहिल्यै हुँदैन ।

विश्व स्वास्थ्य संघ ध्ज्इ ले नेपाल कोरोना भाइरसको उच्च जोखीममा छ भने देखि नेपालमा कोरोना भाइरसको संत्रास फैलेको छ । ध्ज्इ ले नेपाललाई उच्च जोखीममा किन राखेको भन्ने कारण थाहा नगरी बोर्डर बन्द गर्नु, पर्यटनवर्ष २०२० को कार्यक्रमहरू स्थगित गर्नु, सभा समारोहको आयोजना नगर्नु, विद्यालय बन्द गर्न निर्देशन दिनु आदिले बढी संत्रास फैलिएको छ र आपत्तिहरू आईलाग्ने देखिएको छ । अहिले औषधि पसलमा औषधि नपाउने, खाद्य सामान नपाउने, पेट्रोल ग्यास नपाउने आशंका बढ्ने, आदिले जनजिवन त्रस्त छ । यी सबै काम गरे पनि कोरोना भाइरस रोकिने छैन यदि कोरोना भाइरसको संक्रमण रोक्न सकेन र संक्रमण भयो भने संक्रमितलाई बचाउने उपाय गर्न आवश्यक व्यवस्था गरेन भने । ध्ज्इ ले नेपालमा यो व्यवस्था हुन सक्दैन र भाइरस संक्रमण भयो भने त्यसको प्रकोप भयानक हुन्छ भनेर समयमैं चेतावनी दिएको हो । त्यो व्यवस्था हामीले गर्नु पर्‍यो । यस्तै धेरै महत्वपूर्ण कुराहरू प्रतिपक्षी पार्टी ने.का.का युवानेता गगन कुमार थापाले संसदमा प्रस्ताव पेश गर्नु भयो । उहाँ स्वास्थ्य मन्त्री भएर स्वास्थ्य सम्बन्धि जटील समस्याहरू समाधान गर्ने कदमहरु चालेर अनुभव बटुली सकेको नेता भएकोले स्थितिको वास्तविक धरातलमा टेकेर ती सुझावहरू दिनु भएको छ । उहाँकै मन्त्रीकालमा निशुल्क डायलासिस गराउने जस्ता महत्वपूर्ण काम भएको हो । संसदमा सत्ताधारी पार्टीका सांसदहरूले पनि त्यो प्रस्तावलाई स्वागत गरे । आपत्तिको बेला राजनिति थाती राखेर जनतालाई जोगाउने काम गर्नु सबैको कर्तव्य हो । आशा छ वर्तमान सरकारले त्यो बमोजिम नै काम गरेर संत्रास र जोखिम कम गरेर विश्वलाई नै आश्वस्त बनाउने छ । अन्यथा कोरोना भाइरसले भन्दा अव्यवस्थाले बढी दुःख दिनेछ ।

अहिले नेपालमा अहिल्यै मास्कको अभाव भईसकेको सुनिन्छ । पछि हस्पिटलमा बेडकै अभाव होला । चीनले १० दिनमैं हजारौं विरामी अटाउने हस्पिटल बनाए झैं नेपालले बनाउन सक्दैन । पर्यटकको अभावमा होटलहरू रित्तिंदै छन् । उद्योगहरूको संचालनमा पनि वाधा आउनेछ । यसरी देशको अर्थतन्त्र ध्वस्त हुने अवस्था हुन्छ । त्यसैले कसरी यस्तो दुष्प्रभाव कम गर्ने भन्ने तिर लाग्नु पर्छ । जनताहरू पनि सचेत हुनु जरूरी छ । सरकारबाट के कुराको अपेक्षा राख्ने? एकजनाले फेसबूकमा लेखेको देखियो । १ जनालाई ५ लाख क्षतिपूर्ति दिनुको सट्टा वैतरणीको लागी गाई दिने गरियोस् । यस्तो माग तिर लाग्यौं भने वैतरणी गर्ने काम मात्रै हुनेछ । हामीले त आम जनतालाई मृत्युबाट बचाउनु छ । यथार्थमा त नेपाली जनताले माग गर्नै पनि जानेको छैन । त्यसैले विज्ञहरूले हरपल होस् र तत्परता कायम राखेर काम चालु गर्नु पर्छ । सर्वप्रथम जनतालाई नआत्तिन र सुरक्षा संयन्त्र सक्रिय रहेको कुरा काम गरेरै देखाएर आश्वस्त बनाउनु पर्छ।

जनताले राज्य प्रति विश्वास नराख्नेमा कोरोना भाइरसको असर यूरोप अमेरीकामा पनि देखा परेकोले पनि भईराखेको छ । हिजो मात्र बेलायतमा समेत १ जनाको निधन भएको समाचार आयो । ठूला शक्तिशाली देशले पनि रोकथाम गर्न नसकेको काम नेपालले कसरी गर्ला भन्ने सोच नेपालीमा छ । नेपालीहरूले एउटा कुरा के बुझ्नु परेको छ भने यस अघि पनि भाइरसबाट हुने सबै रोग ठूला देशबाटै आएको हो । इन्सेफ्लाईटीस, इन्फ्लूएञ्जा, मेनेञ्जाईटीश आदि जापानबाट आयो । यस्तै अरब मुलुकबाट पनि आएको छ । डेङ्गु भारतमा आएको थियो यो वर्ष गोरखामा पनि आयो । अमेरीकामा लेटरबमको प्रकोप चलेको बेला विश्वबाट निर्मूल भईसकेको विफर ( mबििउयह) फैलिने सम्भावना देखेर विफरको भ्याक्सिन तयार गर्न निर्देशन दिएको सम्झना छ । यसरी भाइरस त तयार पनि हुँदो रहेछ । द्यबअतभचष्ब िधबच को सम्भावनाको कुरा त बैज्ञानिकहरूले गर्ने गरेकै हो। कोरोना भाइरस पनि अमेरिका र ईजरायलले तयार गरेर चीनमा फैलाएको भन्ने लेखहरू फेसबूकमा देखिएको छ । यसको सत्य तथ्य के हो एकदिन प्रकट होला नै । ज्द्दय मिलाएर पानी बनाए झैं यो पनि नहोला भन्न सकिन्न । यसैले भाइरसको प्रकोप ठूला मुलुकमा जस्तो नेपालमा नहोला भन्न पनि सकिन्छ । त्यसैले संत्रस्त नभई गर्नु पर्ने कामहरू पूरा होशपूर्वक पूरा गर्नु पर्छ ।

लेखक : बुद्धशिक्षा सम्बन्धि कलम चलाउनु हुन्छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...