रुपन्देही । रुपन्देही, सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष श्रवण कुमार यादवले जग्गाको चार किल्ला सिफारिस गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीद्वारा नियन्त्रणमा लिएको छ ।
सेवाग्राहीसँग जग्गाको चार किल्ला गरिदिने बाट कमिसनबापत रकमको लागि बार्गेनिङ गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ। यादबको अनुसन्धानको सिलसिलामा जिल्ला रुपन्देही, सम्मरीमाई गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष यादवले सेवाग्राहीको बाबुको नाममा रहेको जग्गाको चारकिल्ला सिफारिस गरिदिने प्रयोजनको लागि बिभिन्न बहाना बनाई (एक लाख) माग गरी बार्गेनिङ पश्चात (सत्तरी हजार) घुस लिन सहमत भएको स-प्रमाण पुष्टि हुन आएकोले यादबलाई भ्रष्टाचार निवारण ऐन बमोजिम असुल उपर गरी जफत गर्ने समेतको मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको प्रवक्ता प्रदीपकुमार कोइराला जानकारी दिएका छन ।
No comments:
Post a Comment