तिलोत्तमा । विश्व भरिनै महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट बच्न सरकारले गरेको प्रयासलाई थप सहयोग गर्न नेपाल कपडा तथा सिलाई व्यवसायि संघ, रुपन्देही तथा तिलोत्तमा नगर समितिले राहत बितरहण गरेको छ । कोरोना भाईरसको कारणले तिलोत्तमा नगरपालिका भित्र बसोबास गर्दै दैनिक ज्याला-मजदुरी गरेर सांझविहानको गुजारा गर्दै आएका अति विपन्न परिवारका ४० जना कालिगढहरुलाई राहत बितरण गरेको जिल्ला अध्यक्ष सुवास परिवारले बताए ।
सरकारले जारी गरेको लकडाउनका कारण भोकै बस्ने अवस्था आउन सक्न्ने खतरालाई मध्यनजर गर्दै तिलोत्तमा नगर समितिका अध्यक्ष प्रेम परिवारले यस बिपतको घडीमा संघको तर्फ बाट सानो सहयोग गरेको बताए ।
नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, रुपन्देही तथा तिलोत्तमा नगर समिति द्वारा वितरण गरिएको राहत कार्यक्रममा जिल्ला अध्यक्ष सुवास परियार, बरिश्ठ उपाध्यक्ष रमेश आब्जु, सदस्य दोमन बहादुर राल, तिलोत्तमा नगर पलिका वार्ड नम्वर २ का वार्ड अधक्षय ददिराम गौतम वाड सदस्य श्यामलाल खत्री लक्ष्मण नेपाली, (ले खे कु) मन्चका तिलक नेपाली र तिलोत्तमा नगर समिति अध्यक्ष प्रेम परियार उपाध्यक्ष शान्तीमाया थापा सचिव गोपाल गौतम कोषाध्यक्ष राम राजा कोइरी सदस्य राजु परियार लगायतका ब्यतित्वहरुको सहाभागि रहेको थियो ।
स्थानिय वडाका जनप्रतिनिधी सहित् उपस्थिती भएका संघका समाजसेवीहरुले दाल-चामल, नुन-तेल, र स्वाबिन (मसेउरा) गरी राहतको पोको बितरण गरेका थिए । यस महामारिको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) रोकथाम को लागि सरकारले जारी गरेको (लकडाउन) को पूर्णरुपमा पालना गरौ, घरमा बसौ भनी अनुरोध गर्दै आम जनसमुदाहरुले बेला बेलामा साबुन–पानीले हात धोईराखौ । सेनिटाइजरको प्रयोग गरौ । यदी बाहिर निस्कनु पर्ने अवस्थामा अनिबार्य मास्क लगाऔ । खोक्दा वा हाच्छ्युँ गर्दा नाक–मुखलाई रुमाल वा टिस्यु कागजले राम्रोसँग ढाकौ । आँखा, नाक र मुखमा हात नलगाउने जस्ता सुझाब नेपाल कपडा तथा सिलाई व्यवसायि संघ, रुपन्देही तथा तिलोत्तमा नगर समितिको तर्फ देखी सुझाब सल्लाह पनि दिएको प्रेम परिवारले बताए ।
No comments:
Post a Comment