बुटवल – तमु ह्युला छोंज धि राष्ट्रिय गुरुङ्ग परिषद जिल्ला कार्यसमिती रुपन्देही को आयोजना मा तमु युवा छोज धिं,रुपन्देही जिल्ला कार्य समिति गठन भएको छ । जिल्ला भरी छरिएर रहेका युवाहरुलाई सांगठनिक रुपमा एक ढिक्का गर्ने उद्देश्यका साथ संगठन निर्माणमा जुटेको जिल्ला अध्यक्ष बिमला गुरुन्ङले बताउनु भयो । सो कार्यक्रममा आदिबासी जनजाती महासंघ प्रदेश अध्यक्ष दिपक गुरुङ्ग, खेमालिपी अभियान्ता भिम गुरुङ्ग, जिल्ला सचिब ओम लागायत ले बोलेका थिए ।
सिद्धार्थ गुरुङको अध्यक्ष रहेको कार्यसमितिमा १५ सदस्यीय समिति चयन गरिएको छ । समितीको उपाध्यक्षमा मोहन गुरुङ, अनिल गुरुङ , सचिवमा चित्र गुरुङ कोषाध्यक्षमा सुदिप गुरुङ ,संगठन सचिवमा अर्जुन गुरुङ ,प्रचार सचिवमा विश्व गुरुङ ,सह-कोषाध्यक्षमा राजेश गुरुङ ,सदस्यहरुमा रोमन गुरुङ , रोशन गुरुङ ,सागर गुरुङ , मन कुमार गुरुङ , विजय गुरुङ ,राजु गुरुङ लगायत रहनुभएको छ । रुपन्देही समितीले चरणबद्ध जिल्लाभर छरिएर रहेका र आफ्नो धर्म संस्कृतिको जगेर्ना गर्ने हेतुले प्रत्येक स्थानिय तहमा तमु युवा धोज धिं गठन गर्ने उदेश्य लिएको संगठन सचिब अर्जुन गुरुङले बताए ।
No comments:
Post a Comment