धनी राम काेरी / कपिलवस्तु जिल्ला काे सदरमुकाम तिलाैराकाेट हाेटल मा जीविकोपार्जन तथा वातावरण सुधार द्वारा उत्थानशीलता सवलीकरण (SECURE) परियोजना अन्तर्गत २ दिने समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम सम्पन्न भएको छ । २ दिने तालिममा वित्तीय सेवा भने काे के हाे ? , वित्तीय साक्षरता काे परिचय , अर्थ , महत्त्व , अाैपचारिक तथा अनाैपचारिक वित्तीय सेवा प्रदायकहरु काे मुख्य फाइदा , बेफाइदा , वित्तीय लक्ष्य निर्धारण र बचत विषयवस्तुहरु मा छलफल भएको सामाजिक परिचालक प्रीति गुप्ताले जानकारी दिनु भयो ।
समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम काे अायाेजना दलित सामाजिक विकास केन्द्र र Asutralian Aid तथा युनाइटेड मिसन टु नेपाल काे अर्थिक सहयोग मा तालिम सम्पन्न भएको छ । तालिममा सहजकर्ता प्रीति गुप्ता लाई लग्गन प्रसाद हरिजन र पवन कुमार यादवले तालिमको सहजिकरण गर्नु भएको । २ दिने समूह स्वयम् सेवकहरुलाई वित्तीय साक्षरता सम्बन्धी तालिम मा २३ जना समूह स्वयंसेवकहरू काे तालिममा सहभागिता रहेको थियो ।
No comments:
Post a Comment