धनी राम काेरी \ कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा कृषि ज्ञान केन्द्र कपिलवस्तु द्वारा हरित स्वयंसेवकहरुकाे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र कपिलवस्तु का बाली संरक्षण अधिकृत (फाेकल पर्सन) सत्यराम हरिजन ले हरित स्वयंसेवकहरुले के कसरी काम गर्नु पर्छ अनि के कस्तो अधिकार रहेको छ भन्ने विषयवस्तु काे बारेमा विस्तारित रुपमा प्रकाश पर्नु भयो ।
प्रमुख अतिथि बृज माेहन चाैधरी ले सबै हरित स्वयंसेवकहरुलाई निरन्तर रुपमा काम गर्न काे लागि अनुरोध समेत गर्नु भयो । अनि कसरी काम गर्नु कुनै नयाँ तरिकाबाट खेतीपाती गर्न काे लागि भन्नू भएको छ । कपिलवस्तु जिल्ला भित्र का सबै नगरपालिका र गाउपालिका का हरित स्वयंसेवकहरु काे सहभागीता अन्तरक्रिया सम्पन्न भएको छ । हरित स्वयंसेवकहरुकाे अन्तरक्रिया कार्यक्रम मा कार्यक्रम का प्रमुख भीमनाथ शर्मा , प्रमुख अतिथि बृज माेहन चाैधरी , अतिथि शिव पुजन गुप्ता ,सत्यराम हरिजन , गंगाराम चाैधरी , लवकुश प्रसाद चाैधरी , बासुदेव पाैडेल र हरित स्वयंसेवकहरुकाे उपस्थिति रहेकाे थियो ।
No comments:
Post a Comment