Saturday, February 20, 2021

भन्सार छलीका सामानहरु पक्राउ गरी धमाधम चलान ।


कपिलबस्तु फागुन ८ । कपिलबस्तुमा भन्सार छली अवैध रुपमा ओसारपोसार न्यूनिकरण गर्न कपिलवस्तु शसस्त्र प्रहरी थप सक्रिय भई सामानहरु बरामद गर्ने क्रम बढेको छ । सशस्त्र प्रहरी बल २८ नं. गणले शुक्रवार राती जिल्लाको मर्यादपुर लगायत बिभिन्न नाकाबाट अवैध रुपमा भन्सार छली रु.३ लाख बढिको ल्याइरहेका बिभिन्न किसिमका कपडा र ३ वटा मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो ।

भारतबाट लुकाई छिपाई ल्याई रहेका ती अवैध सामाग्री सशस्त्र प्रहरी बल २८ नं. गण का शसस्त्र प्रहरी नायव उपरिक्षक गोपाल श्रेष्ठको कमाण्डमा खटिएका १३ जनाको टोलीले तौलिहवा–खुनुवा सडक खण्ड कपिलबस्तु नगरपालिका २ बरदहवाको बाटोमा ३ वटा मोटर साइकलमा बिभिन्न किसिमका कपडाहरु राखेर लैजाने क्रममा तस्करहरुलाई लखेटदै पक्राउ गरेको हो । उक्त अवैध सामान सुठौली भन्सार कार्यालय चलान गरिएको सशस्त्र प्रहरी बल २८ नं. गण का शसस्त्र प्रहरी नायव उपरिक्षक गोपाल श्रेष्ठले जानकारी दिनुभयो । अवैध रुपमा भन्सार छली ओसारपसार नियन्त्रणका लागी कपिलवस्तुका सुरक्षाकर्मीले थप कडाई गरे संगै पछिल्लो समयमा सिमा क्षेत्रमा बिभिन्न सामानहरु बरामद हुने क्रम बढेको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...