धनी राम काेरी कपिलवस्तु - विजयनगर गाउपालिका वडा न ३ र ४ काे जगदीशपुर मा महिनावारी सम्बन्धी अन्तर संवाद सम्पन्न भएको छ । महिनावारी सम्बन्धी संवाद कार्यक्रममा किशोरीहरु महिनावारी अाउदा कसरी सुरक्षित रहने अनि समय मा महिनावारी न अाएमा के गर्ने जस्ता विषयवस्तुहरु काे बारेमा छलफल भएको थियो । कार्यक्रम काे प्रमुख अतिथि विरेन्द्र कुमार चाैधरी ले महिला माथि महिनावारी काे नाम छुवाछूत , भेदभाव समाज भइरहेको छ याे छुवाछूत अन्त्य गर्न काे लागि सबैले अा-अाफ्नाे ठाउँमा अन्त्य गर्नु हुन्छ भने अन्त्य हुन्छ ।
“अब मेराे पालाे” परियोजना अन्तरगत संचालित एकता किशोरी समूह काे द्वारा अयाेजना र दलित सामाजिक विकास केन्द्र, केेयर नेपाल काे सहयोग मा महिनावारी सम्बन्धी अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि चाैकी का प्रमुख स्वास्थ्य विरेन्द्र कुमार चाैधरी , अतिथि हिन्दु धर्मगुरु दुर्गा प्रसाद तिवारी , मुस्लिम धर्मगुरु अफजल हुसेन , सामाजिक परिचालक परशुराम निगम , अामा अभिभावक र किशोरीहरु काे उपस्थिति रहेको समाजिक परिचालक कस्तुरी अग्रहरी ले जानकारी दिनु भयो ।
No comments:
Post a Comment