धनी राम काेरी कपिलवस्तु । कपिलवस्तु जिल्ला काे सदरमुकाम ताैलिहवा मा अाज बाट २ दिने सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान" काे दुई दिने तालिम बुद्ध पद्य माध्यमिक विद्यालयमा काे हाल मा सम्पन्न भएको छ । सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान" तालिम काे अाज दाेस्राे दिन शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे ले विश्व सम्पदा सुची मा परेकाे कसरी परेकाेे छ , लुम्बिनी काे इतिहासिक महत्त्व काे बारेमा , कसरी गाैतम बुद्ध भगवान काे जन्म लुम्बिनी मा भएको हाे , कपिलवस्तु भित्र सम्पदा तिलाैराकाेट , गाेटिहवा ,निगलिहवा , कुदान , लाम्बु सागर , रामग्राम र देवदह काे महत्त्व काे बारेमा जानकारी दिनु भयो । तालिम का प्रशिक्षक डा. साेम बहादुर धिमाल ले अाज दाेस्राे दिन अमुर्त सांस्कृतिक सम्पदा का विधाहरु काे महत्त्व , स्थलगत अध्ययन तालमेल , सुचना अद्यावधिक र संरक्षण का उपायहरू काे बारेमा छलफल गर्नु भएको थियो । तालिम काे दाेस्राे दिन युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का प्राविधिक अधिकृत पदम राज जाेसी ले प्रस्ताव लेखन , परियोजना कसरी तयार पर्ने , प्रतिवेदन लेखन जस्तो महत्त्वपूर्ण कुराहरु लेख्नु सिकाउनु भयो ।
शिक्षा ,विज्ञान तथा प्राविधिक मन्त्रालय र युनेस्को निमित्त नेपाल राष्ट्रिय अायाेग काे सचिवालय काे अायाेजन मा कपिलवस्तु काे ताैलिहवा स्थित बुद्ध पद्य माध्यमिक विद्यालयमा काे हाल मा दुई सम्म तालिम चालेको छ ।
"सांस्कृतिक सम्पदा (भाैतिक/अभाैतिक) संरक्षण एवम् सम्बर्द्धन युवा अभियान" काे दुई दिने तालिम मा सहभागी सम्पूर्ण विद्यार्थी वा युवाहरुलाई कपिलवस्तु नगरपालिका कि उपप्रमुख लक्ष्मी गुप्ता हात बाट प्रमाणपत्र विद्यार्थीहरुलाई हस्तान्तरण गरिएको थियो ।
साे तालिममा शिक्षा विकास तथा समन्वय ईकाइ कपिलवस्तु काे प्रमुख थानेश्वर घिमिरे , कपिलवस्तु नगरपालिका का उपप्रमुख लक्ष्मी गुप्ता , बुद्ध पद्य माध्यमिक विद्यालय का प्रमुख राम निवास चाैधरी, युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का सचिव युवराज पाैडेल , युनेस्को का निमित्त नेपाल राष्ट्रिय अायाेगकाे सचिवालय का प्राविधिक अधिकृत पदम राज जाेसी र विभिन्न क्याम्पस अनि विद्यालय का विद्यार्थीहरु काे उपस्थिति रहेको थियो ।
No comments:
Post a Comment