बिहान ७ बजे देखी कार्यालय सञ्चालन ।
कपिलवस्तु , २० माघ । कपिलवस्तुमा बालपोषण अनुदानको कार्यक्रम बिस्तार गर्ने निर्णय भएपछि जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउने सेवाग्राहीको भिडभाड बढेको छ । कार्यक्रम अन्र्तगत पोषण भत्ता पाउने बालबालिकाका अभिभावकको नागरिकताको प्रमाणपत्र आवश्यक पर्ने भएकाले नागरिकता बनाउने सेवाग्राहीको भिडभाड लागेको हो । नागरिकता बनाउनेको संख्या बढ्न लागे पछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सोमवार बिहानै देखी कार्यालय सञ्चालन गर्न लागेको छ । भिड कम नहुँदा सम्म नागरिकता लिनका लागि बिहान ७ बजे देखी कार्यालय खुल्ने प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनु भएको छ ।
अहिले दैनिक ३ सय जना नागरिकता लिन कार्यालय आउने गरेका छन् । नागरिकता लिनेको संख्या पछिल्लो साताबाट तेब्बर भएको छ । उता कर्मचारी अभावका कारण प्रशासन कार्यालयको सेवा प्रवाहमा समस्या परेको देखिन्छ । अहिले जिल्ला कार्यालयमा दरबन्दी अनुरुपका दुई प्रशासकिय अधिकृत, ३ नासु र ३ खरिदारको संख्या कम छन् । जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आउने सेवाग्राहीको भिडभाड भए पनि कतिपय सेवाग्राहीले दुई तिन दिन सम्म पनि पालो नपाएको बताउछन ।
प्रशासन कार्यालयमा भिडभाड बढे सगै दैनिक न्युनतम ४० नागरिकको लागी टोकन दिईएको भिड कम गर्न र कोरोना संक्रमण न फैलियोस भने टोकन प्रणाली र समय थप गरिएको छ ।
No comments:
Post a Comment