Saturday, January 2, 2021

पाल्पामा सांगठनिक अभियान जारी


पाल्पा । राष्ट्रिय जनमुक्ति पार्टीले गत मंसिर १५ गतेदेखि शुरु गरेको सांगठनिक अभियान अन्तरगत पाल्पामा स्थानीय जनतासंगको भेटभाट कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम माथागढीको जाउपोखरा र बगनासकालीको चिर्तुङधारामा सम्पन्न भएको हो ।

जाउपोखरामा सम्पन्न गरिएको कार्यक्रम स्थानीय अगुवा शेर बहादुर सारुको सभापतित्वमा सम्पन्न भयो भने सो कार्यक्रमको संयोजन पाल्पा तराई सम्पर्क मञ्चका सदस्य अमर बहादुर सारुले गर्नु भएको थियो । कार्यक्रममा माथागढी १ धैरेनी निवासी पाल्पा जिल्ला सदस्य प्रेम बहादुर गाहाले स्वागत गर्नु भएको थियो  भने सहसचिव पदम बहादुर थापाले कार्यक्रममा सहजीकरण गर्नु भएको थियो । जिल्ला सदस्य एवं राष्ट्रिय पूर्वसैनिक संगठन, पाल्पाका संयोजक टेक बहादुर रानाको समेत सहभागिता रहेको थियो ।

यसैगरी पार्टीको सांगठनिक अभियान अन्तरगत बगनासकाली गाउँपालिकाको चिर्तुङधारामा पनि स्थानीय जनतासंग पार्टीको समसामयिक विचार र कार्यक्रम बारे छलफल कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय जनमुक्ति पार्टीका स्थानीय कार्यकर्ता बल बहादुर डिसाको संयोजकत्वमा सो छलफल कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रममा पार्टीका जिल्ला सदस्य श्याम सारुले स्वागत मन्तव्य राख्नु भएको थियो । पार्टीका स्थानीय समर्थक र शुभचिन्तकहरुको सहभागितामा भएको सो कार्यक्रममा जिल्ला संगठन सचिव डिल बहादुर रानाले सहजीकरण गर्नु भएको थियो । सो भेलाले बल बहादुर डिसाको अध्यक्षतामा १६ सदस्यीय स्थानीय समिति पनि बनाएको छ ।

सांगठनिक अभियानमा पार्टीका केन्द्रीय उपाध्यक्ष एवं जातीय समन्वय विभाग प्रमुद दल बहादुर वीरकट्टा, उपमहासचिव एवं जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामी, मगर महासंघका महासचिव तिल बहादुर झेंडी, पाल्पा जिल्ला अध्यक्ष नारायण बहादुर कँवर, पाल्पा तराई सम्पर्क मञ्चका अध्यक्ष धनीसरा थापाले अभियान बारे आफ्ना विचार व्यक्त गर्नु भएको थियो । जिल्लाका अन्य स्थानीय गाउँपालिका र टोल तह सम्म नै पार्टीको साँगठनिक अभियान लगिने जिल्ला अध्यक्ष नारायण कँवरले बताउनु भएको छ । 






No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...