तिलोत्तमा । गुरुङ समुदायले आफ्नो प्रमुख चाड ल्होसार मधवलियामा विभिन्न कार्यक्रम गरी मनाएका छन् । यो वर्ष गुरुङ समुदायले मुसा बर्ग (च्यु ल्हो) लाई बिदाई गर्दै गाई बर्ग (ल्वों ल्हो) लाई स्वागत गरेका छन् । ल्होसारलाई गुरुङ समुदायले नयां वर्षका रुपमा पनि मनाउने गर्छन् । यसको खुसिलायीमा मधवलिया क्षेत्रका गुरुङ समुदाय आफ्नो टोलमा रहेको गुम्बामा भेला भएर शुभकामना आदान प्रदान, विभिन्न खेलकुद प्रतियोगिता गरेर ल्होसार मनाएका छन् ।
तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद मधवलिया इकाइ समितिको आयोजनामा संघका अध्यक्ष हनेरी क्याप्टेन लौकाजी गुरुङ्गको अध्यक्षता र रुपन्देही क्षेत्र न. १ का सांसद छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । सो अवसरमा संसदीय बिकास कार्यक्रम अन्तर्गत आर्थिक बर्ष ०७६–७७ को बिकास बजेटद्वारा निर्माण सम्पन्न ‘सिंङ बहादुर गुरुङ्ग पथ’ कालो पत्रे बाटोको उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै सांसद छबिलाल बिश्वकर्माले गुरुङ सभ्यता, संस्कृति र संस्कार नेपालको पहिचान भएकाले संरक्षण गर्नुपर्ने बताए ।
सो कार्यक्रम तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषद मधवलियाका उपाध्यक्ष शान्ती गुरुङ्गको स्वागतमा भएको कार्यक्रममा नगर समितिका संगठन सचिब मोहन सिंह गुरुङ्ग, जनप्रतिनिधि खेमराज गुरुङ्गले बोलेका थिए ।
ल्होसार पर्वको अवसरमा हरेक बर्ष झैं यस बर्ष पनि म्युजिकल चेयर, छेलो फाल्ने प्रतियोगिता, भलिबल, क्याण्डी रेस प्रतियोगिता सम्पन्न भएका छन् । म्युजिक चेयरमा राखी गुरुङ प्रथम भएका थिए भने, छेलो फाल्ने खेलमा ललित गुरुङ प्रथम र भलिबल खेलमा आजयोजक टिमले जित हासिल गरेका थिए । खेल बिजेताहरुलाई तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद माधवलिया इकाइ समितिका अध्यक्ष होनरी क्याप्टेन लौकाजी गुरुङले पुरस्कार बितरण गरे भने कार्यक्रम सञ्चालन संघका सचिव रमेश कुमार गुरुङ ले गरेका हुन् ।
No comments:
Post a Comment