सो कार्यक्रममा बोल्दै प्रमुख अथिती गुरुङ्गले बर्तमान राजनीतिक परिघटना बारे खण्डण्न गरे छन । बर्तमान संसद बिघटन के.पि.सरकारले गरेको 'कु' कदमले दुईतिहाईको दम्भ समाप्त भएको बताए छन । यस्ता राजनीतिक अपराधीलाई कानुनी दण्ड सजाय दिन 'Right to court' को ब्यबस्था गर्नु पर्ने औल्याय। महिलाहरुको बाक्लो उपस्थिति रहेको सो कार्यक्रममा मुलुकमा भएका ५१% महिलाहरु जनमुक्ति पार्टी ले ५०% कोटा सुनिश्चित गरेको पनि बताए।
कार्यक्रममा पार्टीका केन्द्रिय सचिब, सुर्यकुमार सारु, प्रदेश अध्यक्ष झम बहादुर, स्याङ्जा जिल्ला अध्यक्ष बम लामिछाने, जनमुक्ति युवा महासंघका केन्द्रिय सचिब राम अस्लामी मगर, राष्ट्रिय महिला मोर्चा रुपन्देही जिल्ला उपाध्यक्ष ज्योति थापा लगायतले बोलेका थिए। सांगठनिक अभियान अन्तर्गत पार्टीका प्रदेश ५ उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला उपाध्यक्ष टेक बहादुर गुरुङ्ग, स्याङ्जा तराई सम्पर्क मंचका कोसाध्यक्ष ज्योती थापा, युवा महासंघ रुपन्देही कोसाध्यक्ष एकु राना, स्याङ्जा जिल्ला कोसाध्यक्ष दुर्गा राना लगायतका नेताहरुको उपस्थिति रहेको थियो। समाजसेवी तथा मिलन आमा समुहका अध्य्यक्ष हुमकला राना ज्युको अध्यक्षता भएको कार्यक्रममा स्याङ्जा तराइ संपर्क मंचले ब्यबस्थापन गरेको थियो ।
वालिङ्ग नगर समितिका नामावली यसप्रकार रहेको छ। अध्यक्ष खेम बहादुर आले, उपाध्यक्ष दुर्गा देबि थापा,सचिब याम बहादुर आले , सहसचिव थान बहादुर राना, कोसाध्यक्ष रोशनी थापा, सदस्यमा भुपाल राना, देबि राना, प्रमिला गुरुङ्ग, टुक बहादुर थापा चयन भएका छन । पार्टी केन्द्रिय सचिब सुर्यकुमार सारुले शपथ ग्रहण गराई बधाई तथा शुभकामना दिएका थिए ।


No comments:
Post a Comment