Sunday, December 20, 2020

जाति के हो? लिम्बु, पुर्खाको भाषा कुन हो? लिम्बु, मातृभाषा कुन हो लिम्बु: लिम्बु विद्यार्थीको अपिल

काठमाण्डौ । नेपाल सरकारले प्रत्येक १० वर्षमा गर्दै आएको १२ औं जनगणना यहि २०७८ जेष्ठ २५  देखि  असार ८ गते सम्म हुन गईरहेको छ । बहुजातीय तथा बहुधार्मिक राष्ट्र को यथेष्ट चित्र जनगणनाले मात्र प्रदान गर्ने भएको कारण हर्सोउल्लासको साथ सहभागी हुन र बिगतमा झै यसपटक पनि निम्न विषयहरुमा निम्नानुसार लेख्न लेखाउन लिम्बु विद्यार्थी मञ्चको आधिकारिक धारणा सहित सम्पुर्ण  लिम्बु विद्यार्थी लगायत आदिवासी लिम्बुहरुमा  लुङ्मेन्दिङ अनुरोधका साथ अपिल । 


  लिम्बु बिद्यार्थीको अपिल पत्रको पूर्ण पाठ जस्ताको तस्तै :

                            हार्दिक अपिल 

 आदरणिय लिम्बु विद्यार्थी लगायत सम्पुर्ण लिम्बु जनसमुदायहरु,

सेवारो,

   नेपालमा विगत वि स १९६८ साल देखि निरन्तर रुपमा प्रत्येक १० वर्षमा जनगणना भई आएको ईतिहास हामीमा सर्वविधितै छ । नेपालमा विभिन्न कालखण्डमा राजनीतिक, धार्मिक, सामाजिक तथा सास्कृतिक परिवर्तनहरु हुदै आएता पनि हामी किराती याक्थुङ लिम्बु अदिवासीहरु सवालमा यी सबै पक्षहरुबाट टाढा  हुदै आएको ईतिहास जिवितै छ । कुनै बेला सबै लिम्बु समुदायहरुलाई हिन्दु बनाइएको तितो इतिहास स्मरण गराउदै, अग्रज लिम्बु बुद्धिजीवीहरुको त्यो निर्णय (२०४८ साल को) नभएको भए आज हामी इतिहासको दर्दनाक चङ्गुलमा फसेर भौतारिरहेको अवस्थामा हुने थियौ ।

आफ्नो पहिचान र अस्तित्वको लागि विश्वका सबै समुदायहरु आआफ्नो स्थानबाट संघर्ष गरिरहेको अवस्था छ । एकाईसौं शताब्दिमा भाषा, लिपि, धर्म, सस्कार र सस्कृतिको संरक्षण र सम्बर्द्धन अति आवश्यक हुदै गएको छ । जस्को लागि राज्यलाई झक्झक्याउने कार्य त छ्दैछ  जनसंख्या सम्बन्धि रणनीतिक अभियान  सम्हाल्नु पर्ने अति महत्त्वपूर्ण दायित्व पनि हाम्रै काधमा  आएको छ ।

 नेपाल बहुजातिय, बहुसास्कृतिक, बहुभाषिक र बहुधार्मिक मुलुक हो । दुःखको कुरा नेपालमा बहुआयामिक समाज भएतापनि अहिले सम्म नेपालको राज्यसंरचना बहुआयामिक हुन सकेको छैन । धर्मनिरपेक्ष मुलुकमा राज्यले कुनै एउटा मात्र धर्मलाई सघाउँ गर्नु आफैमा दुःखद विषय त छदै छ तर पनि बिगत देखि गर्दै आएको किरात धर्म लेखौ र लेखाऔं भन्ने हाम्रो अभियानमा कत्तिपनि ह्रास उत्पन्न नभएको जानकारी गराउदै, 

नेपाल सरकारले प्रत्येक १० वर्षमा गर्दै आएको १२ औं जनगणना यहि २०७८ जेष्ठ २५  देखि  असार ८ गते सम्म हुन गईरहेको छ । बहुजातीय तथा बहुधार्मिक राष्ट्र को यथेष्ट चित्र जनगणनाले मात्र प्रदान गर्ने भएको कारण हर्सोउल्लासको साथ सहभागी हुन र बिगतमा झै यसपटक पनि निम्न विषयहरुमा निम्नानुसार लेख्न लेखाउन लिम्बु विद्यार्थी मञ्चको आधिकारिक धारणा सहित सम्पुर्ण  लिम्बु विद्यार्थी लगायत आदिवासी लिम्बुहरुमा  लुङ्मेन्दिङ अनुरोध गर्दछौ ।

जाति के हो?  लिम्बु

पुर्खाको भाषा कुन हो? लिम्बु 

मातृभाषा कुन हो लिम्बु 

दोस्रो भाषा कुन हो? नजिकको आदिवासी जनजाति ले बोल्ने भासा 

कुन धर्म मान्नु हुन्छ? किरात धर्म 

नोगेन

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...