Sunday, December 20, 2020

मोरङ्गको केराबारीमा जनमुक्तिको संगठन बिस्तार

मोरङ्ग । भ्रष्टचार मुक्त नेपाल निर्माणका लागि युवा अभियान भन्ने नाराका साथ राष्ट्रिय जनमुक्ति पार्टी केराबारी गाउँ कार्यसमिति मोरङको सम्पन्न "दोस्रो अधिवेशन" ले कौशिला लिम्बुको अध्यक्षतामा ११ सदस्यीय राजमुपा केराबारी गाउँ कार्यसमिति गठन गर्यो ।

यसरी नै उपाध्यक्षमा तारा लिम्बू, सचिबमा दिपा लिम्बू, सहसचिबमा दिल्लीराम लिम्बू, कोषाध्यक्षमा सर्मिला राई एवम सदस्यहरूमा भिम्का लिम्बू, बुद्धि बहादुर लिम्बू, ढाकामाया लिम्बू, माया खजुम लिम्बू, सरस्वती लिम्बू र शुक्रमाया लिम्बू रहेका छन । सोही अधिवेशनमा बम बहादुर इवाको अध्यक्षतामा राजमुपाको भातृ संगठन जनमुक्ति युवा महासंघ केराबारी गाउँ समिति को पनि गठन भएको थियो । महासंघको सचिबमा दिपा थेगिम लिम्बु एवम माया लिम्बु, फुलमाया लिम्बु, भिम्का लिम्बू, तारा लिम्बू र सर्मिला लिम्बू छन ।

राजमुपा किरात लिम्बुवान खम्बुवान प्रदेश परिचालन समितिका अध्यक्ष पर्शुराम थापा मगरको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमुपा  मोरङ जिल्ला अध्यक्ष कन्छिमाया लिम्बु, जनमुक्ति युवा महासंघ केन्द्रीय सदस्य चित्र मगर "हाङ्ग" एवम् फिबराज लिम्बू, राजमुपा मोरङ्ग जिल्ला सदस्य डी. बी. कुरुङबाङ्ग, राजमुपा कन्काई नगर अध्यक्ष डकमाया मगर, राजमुपा बेलबारी  नगर अध्यक्ष प्रकाश राई र नेवा देय दबु धरान नगर अध्यक्ष मनोहर शाक्य अतिथिको रुपमा रहेका थिए । 


कार्यक्रममा प्रमुख अतिथी पर्शुराम थापा मगरले भ्रष्टाचारका कारण मुलुकको अर्थतन्त्र खस्कदै गएको र राज्यले युवामैत्री र स्वरोजगारमुखी नीति अबलम्वन नगरेकै कारण युवाहरु बिदेश पलायन हुनु परेको बताए । युवाहरुलाई स्वदेशमै स्वरोजगार र उद्यमसील बनाउन नसके मुलुक समृद्ध बन्न नसक्ने ठोकुवा गरे । ठुला दल भनाउदा जो अकर्मण्यता ले गर्दा देश बर्बाद भयो । ओलीले अवैध रूपमा सदन विघटन गर्नु भयो । आफ्नो सहजताका लागि अहिले धमाधम संवैधानिक नियुक्ति गरिरहनु भएको छ । संसद विघटन पछि काम चलाउँ भएको प्रधानमन्त्रीले संवैधानिक नियुक्ति गर्न मिल्दैन,अस्थिरतालाई प्रसय दिने प्रतिगमनकारी कदमको कडा बिरोध गरौ । लोकतन्त्रको रक्षा गरौं थापाले युवाहरुलाई आह्वान गरेका थिए ।  तारा लिम्बुको अध्यक्षतामा सम्पन्न अधिवेशन केराबारी ३ स्थित हिमचुली सामुदायिक बनको भवनमा सम्पन्न भएको थियो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...