Monday, January 4, 2021

सुमन राईको अध्यक्षतामा जनमुक्ति युवा महासंघ सुनसरी पुनर्गठन

(धरान)/ राष्ट्रिय जनमुक्ति पार्टीको जनवर्गीय संगठन जनमुक्ति युवा महासंघ सुनसरीको पुर्नगठन गरिएको छ। राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद सचिब बिष्णु थाम्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा राजमुपा संघीय परिषद सदस्य गोकर्ण राई, जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य एवम १ नं प्रदेश इन्चार्ज चित्र मगर “हाङ्ग“, जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य फिपराज बनेम लिम्बू, राजमुपा धरान नगर सल्लाहकार डा. किशोर गुरुङ, जनमुक्ति युवा महासंघ धरान नगर अध्यक्ष मनि राई “ इना“ को समेत उपस्थित रहेको थियो ।


सो युवा भेलालाई संबोधन गर्दै प्रमुय्ख अतिथिले थाम्देनले पुष ५ गते, सरकार प्रमुख र राष्ट्रप्रमुख को मिलीमेतोमा,जनमतको अपमान हुने गरी, देशलाई अस्थिर र अनिश्चयको ओरालोमा धकेल्ने गरी, सार्वभौम संसदको असमयमै जसरी विघटन गरीएको छ,त्यो हरहालमा निन्दनीय कदम हो।  झंडै दुईतिहाई को बहुमत प्राप्त गरेको सत्ताधारी दल नेकपामा औपचारिक विभाजनको रेखा कोरीईसकेको छ। अर्थात् समृद्धि र स्थिरताको नारामा बिस्वास गरी जनादेश दिएका सार्वभौम जनताको -समृद्धि सपना,ध्वष्त भईसकेको बताए । 


जनमुक्ति युवा महासंघको आज भएको युवा भोलाले सुमन राईको अध्यक्षतामा जनमुक्ति युवा महासंघ सुनसरी पुनर्गठन गरेको हो। जसमा समितीको उपाध्यक्षमा बाबुराजा सिंह थारु “हिरा”, सचिवमा सिताराम राई, उपसचिवमा दिपेश राई र कोषाध्यक्षमा प्रशान्त बुढाथोकी रहेका छन्। यसैगरी समितीको सदस्यहरुमा प्रकाश प्रधान, अनिश मगर, ईश्वर राई, अर्पण गजमेर, विबेक लिम्बू “चुस्का”, बिनोद चुहान र मनकुमार बोगटी रहेका छन् । नव गठित कार्यसमितिलाई जनमुक्ति युवा महासंघका १ न प्रदेश इन्चार्ज एवम केन्द्रीय सदस्य चित्र मगर “हाङ“ ले सपथ ग्रहण गरएका थिए। जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य अनिरुद्र थापा मगरको अध्यक्षतामा समप्नन सो कार्यक्रम मनोहर शाक्यद्वारा संचालन गरिएको थियो। सो कार्यक्रम धरान ८ स्थित राजमुपा सुनसरीको भवनमा सम्पन्न भएको थियो।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...