Monday, January 18, 2021

तिलोत्तमा ३ मा एक महिने मगर भाषा प्रशिक्षण सम्पन्न


तिलोत्तमा । नेपाल मगर संघ तिलाेत्तमा नगरपालिका वडा नं. ३, वडा इकाई समिति रुपन्देहीद्वारा आयाेजित "एक महिने मगर भाषा प्रशिक्षण" कार्यक्रम सम्पन्न भएको छ । मगर भाषा साक्षरता सम्बन्धि एक महिने प्रशिक्षणको समापन कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष खेमान सिंह सारु मगर ले गर्नु भएको थियो भने प्रमुख अतिथी जनप्रतिनिधी तेज बहादुर गुरुङ्ग ज्युको उपस्थिती रहेको थियो भने बिशिस्ट अतिथिमा  नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद रुपन्देहीका अध्यक्ष शंकर गाहा मगर रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी गुरुङ्गले पछिल्लो समय मगर भाषा लोप हुँदै जान थालेकोप्रति चिन्ता व्यक्त गर्दै मगर भाषा बोल्न नजान्ने मगर समुदायमा मगर भाषा सिकाउने अभियान सुरु गर्न लागिएको जनप्रतिनिधीले बताउनुभयो । यस अभियानले मगर भाषा संरक्षणमा ठूलो टेवा पुग्ने बताएका थिए । अर्का बक्ता शंकर गाहा मगर भाषा प्रशिक्षण अभियानले आफ्नै मातृभाषामा कुराकानी गर्न सक्ने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।


तिलाेत्तमा नगरपालिका र नेपाल मगर संघकाे संयुक्त आर्थिक सहयाेगमा सम्पन्न भएको मगर भाषा प्रशिक्षण  कार्यक्रम संघका सचिव सावित्रा थापाद्वारा सञ्चालन गरिएकाे थियाे भने प्रशिक्षणमा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूले आफुले सिकेका भाषालाई अध्ययन गरि व्यवहारिक भाषामा बाेल्ने प्रय्त्न गर्न सुझाएका थिए । अबश्यास गर्दै जड एक दिन मगर ढूट बाेल्न सक्ने सक्षम व्यक्तित्व हुनुहुनेछ भन्ने विश्वास लिएकाे वडा अध्य्क्ष खेमान सिंह सारु मगर ले विश्वाश किएको बताए ।


एक महिना सम्म चलेको मगर भाषा प्रशिक्षाण तालिम मा प्रशिक्षक आकृति थापा मगरले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम सम्पन्न गर्नको निम्ती सहयोग गर्नु हुने सबै ब्यक्तित्वहरुलाई अध्यक्ष खेमान सिंह सारुले बिशेष धन्यवाद प्रकट गर्नु भएको थियो । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...