Sunday, December 6, 2020

वेलायतमायुद्द साहित्य गोष्ठीको आयोजना गरिंदै


विश्वजित थापा 

विश्व नेपाली साहित्य महासँघ (वेनेसाम) साउथ युके ले युद्द साहित्य गोष्ठिको आयोजना गर्ने भएको छ । रिमेम्बरेन्सअर्थात पप्पीडे लाई पारेर शनीवार ७ नोभेम्बर२०२०का दिन यो कार्यक्रम आयोजना गर्न लागिएको यस संस्थाका अध्यक्ष विजय हितानले जानकारी दिनुभएको छ । 

यसै रेमेम्बरेन्स डे को अवसर पारेर गोर्खाली सैनिक तथा लाहुरे जनजीवनमा अधारित श्रीजना वाचन कार्यक्रम भर्चुवल माध्यमबाट गरिन लागिएको हो । यस कार्यक्रममा युद्द साहित्यकार रक्ष राइको बिशेष उपस्थिती रहने संस्थाका सचिव अमित थेबेले जानकारी दिनुभएको छ । 'पल्टनेको फोटो' कथा सङ्रह हालै प्रकाशन गरेका कथाकार राइले युद्द सौन्दर्य र लाहुरे तथा पल्टनिया साहित्यको बिषयमा बोल्ने अपेक्षा गरिएकोछ । 

आफ्न श्रीजना सुनाउने र अरुका श्रीजना सुन्ने कार्यक्रमका साथै उक्त दिन औतारी साँहिला र फिफ्रा काँहिलाद्वारा लिखित 'हाम्रो अतित हाम्रो मन' कबिता सङ्ग्रहलाई गणेश पुनद्वारा समिक्षा गरिने कार्यक्रम पनि छ ।

नेपालमा लाहुरे परम्पराले एउटा प्रिथक सन्स्कार र सन्स्क्रितीको निर्माण गरिसकेको परीपेक्ष्यमा यस्तो इतिहाँसको प्रबर्धन र सम्रक्षणमा टेवा पुर्‍याउनु यस कार्यक्रमको मुख्य उद्देस्य रहेको छ।   

लाहुरे जनजीवन तथा पल्टनमा घटने घटना, अनुभव, सम्बेदना, पिडा तथा भोगाइमा आफ्ना गीत, गजल, कबिता, मुक्तक, हाइकु जस्ता श्रीजना लिएर जो कोही पनि जुम आप्स मार्फत जोडीन सकिने छ ।साहित्यमा कलम चलाऊने सेवारत तथा निब्र्ति गोर्खा सैनिक तथा सम्बन्धित ब्याक्तिहरुको बाक्लो सहभागिता रहने आयोजक संस्थाको ठुलो अपेक्षा छ । जुम आप्सको लगिन आईडीसाथै अन्य जानकारी विनेसाम साउथ युकेको आधिकारिक फेसबुक पेजमा पछी राखिने छ ।

वेलायतमा प्रत्यक बर्षको नोभेम्बर ११ तारिखका दिन रिमेम्बरेन्स डे मनाइन्छ । नेभेम्बर ११ का दिन प्रथम विश्वयुद्द अन्त्य भएको हो र यस दिवसमा सम्पूर्ण युद्दहरुमा सहादत् सैनिकहरुलाई स्मरण गर्दै स्रदान्जली दिईन्छ । 


No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...