Saturday, December 12, 2020

शान्तिदिप टोल बिकास संस्था द्वारा बिद्यार्थी सम्मानित


बुटवल । शान्ति दिप टोल बिकास संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिबेशन हिलपर्क बाजेबजै थानमा सम्पन्न भएको छ । कार्यक्रम संघका अध्यक्ष मन बहादूर पून मगर को अध्यक्षतामा प्रमूख अतिथि वडा नं ७ को वडा अध्यक्ष कमल प्रसाद क्षेत्र बिशिष्टि अतिथिमा वडा नं ७ को वडा सदस्य नबिन थापा मगर, बिशिष्ट अतिथि खानेपानी संस्थान बुटवल प्रमुख मोहन भट्ट, अतिथि शिवनगर सामुदयक बन उपभोक्ता का सहसचीव अमेदेवी थापा क्षेत्र लगायत बिभिन्न संस्थाका अध्यक्ष तथा सदस्यहरु उपस्थित रहेका थिए । कार्यक्रम को प्रमुख अतिथि कमल प्रसाद क्षेत्रीले पानसमा बत्ति बाली उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै शिवनगर बन उपभोक्त समिति का सहसचिव उमोदेवी थापा क्षेत्रीले बन संरक्षण गर्न नागरिको दाईत्वो रहेको जोड दिनु भयो । बन जंगलमा पाईन जडिबुटी लाई सहि ठाउँ मा प्रयोग गर्न सकिन्छ । बन जंगल लाई संरक्षण गर्न सकियो भने त्यस क्षेत्र बाट उत्पादन हुन घास दाउरा बाट पनि समुदाय ले लाभ लिन सक्ने बताउनु भयो । बन जंगल लाई संरक्षण गर्न सके प्राकृतिक प्रकोप बाट मानवीय क्षेति हुन बाट बच्न सकिने बताउनु भयो ।

त्यस्तै कार्यक्रममा वडा नं ७ को वडा अध्यक्ष कमल प्रसाद क्षेत्री ले टोल बिकास गर्न टोलमा रहनुभएका नागरिक को पहिलो भूमिका रहेको बताउनु भयो । शान्ति टोल बिकास संस्थाले जून काम गरिरहेको छ, त्यस संस्थाका अध्यक्षले धेरै राम्रो प्रगतिशिल काम गर्नु भएको भन्दै प्रशसा गर्नु भयो । यस संस्थाले अब आउने दिनहरुमा टोल लाई बिकास गर्न कार्यमा अग्रसर रहने छ, भन्ने कूरा बिश्वास रहेको बताउनु भयो । त्यस्तै टोलभित्र रहेका उच्च शिक्षा गरेका सदस्यका छोराछोरीहरुलाई प्रमुख अतिथिबाट खादा अबिर लगाई प्रमाण-पत्रले सम्मान गरिएको थियो ।  सम्मानित हुने बिद्यार्थीहरु बिन्दू पून मगर, बिष्णु न्यौपाने, डा। श्रृष्टी चौधरी, ई। सुभाष भट्राई , प्रमिला पाडे मगर, रम्भा थापा मगर रहेका थिए । कार्यक्रम सञ्चालन भने सचिव किशोर श्रेष्ठले गर्नु भयो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...