तिलोत्तमा । नेपाल मगर संघ तिलोत्तमा नगरसमितिको तेश्रो अधिवेशन तिलोत्तमा स्थित लखन स्मृति भवन कोटिहावामा नगर अध्यक्ष प्रेम बहादुर थापा मगरले खुला शत्रको सभाध्यक्ष गर्नु भएको थियो । अधिवेशनमा नेपाल मगर संघका केन्द्रिय भाषिक उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उद्घाटन गर्दै बिरकट्टा मगरले मगर भाषा सबै भाषाको पनि गुरु भाषा रहेको बताएका छन । मगर भाषाका धेरै शब्दहरु खस र संस्कृति भाषा छन । मगरले आफ्नो पहिचान र अस्तित्व स्थापित गर्न भाषा सबै मगरले बोल्नु पर्ने बताउनु भयो । मगरले केवल जनगणनालाई मात्र पर्खेर हुँदैन । हरेक मगर जन्म देखी मृत्यु समको संस्कार र नामाकरणलाई ध्यान पुर्याउनु पर्ने बताए । नामको पछाडि मगर झुण्डाए पछी जनगणना मा स्वत: मगर लेखिने छ् । साथै मगर संघले मगरको मुद्धालाई जागरुक गर्न सक्छ भने त्यसलाई स्थापित गर्न मगर सही राजनीतिक गर्नु पर्ने औल्याए। नगर उपाध्यक्ष लिलमाया राना मगरको स्वागत मन्तब्यबाट शुरु भएको खुला सत्रमा नगर भित्र रहेका सबै वडा अध्यक्षको तर्फ देखी खेमान सिंह सारु, जिल्लासल्लाहकार चन्द्र श्रीस नेपाल मगर महिला संघ अध्यक्ष राधिका पुन, जिला सदस्य निर्मला थापा, जनप्रतिनिधी भोम बहादुर बुढा मगर, नेपाल मगर शिक्षक संघ रूपन्देही अध्यक्ष तारा छन्त्याल लगायतका बक्ताहरूले मगर को पहिचान र अधिकारबारे बोलेका थिए भने कार्यक्रम संचालन नगर सचिव टिकाराम पुनले गर्नु भएको थियो।
त्यस्तैगरी नेपाल मगर संघ तिलोत्तमा नगर समितिको तेस्रो अधिवेशनबाट अध्यक्षमा श्री लिलमाया मगर ज्यू , उपाध्यक्षमा टिकाराम पुन, सचिवमा प्रेम बहादुर कनौजे, सहसचिवमा शान्ति चिदी, कोषाध्यक्षमा कृष्ण सारु तथा सदस्यहरूमा खुम बहादुर राना, सरस्वती थापा, धन बहादुर थापा, हिमा थापा, ओम बहादुर राना, थम बहादुर गलामी, केश बहादुर छन्तेल, लालसुवा थापा, गिरी प्रसाद राना, दिल कुमारी थापा, भेल बहादुर थापा, विष्णु कुमार थापा, खडक मास्के राना, नेत्र आले, प्रेम बहादुर थापा, बल बहादुर राना, युद्ध फगामी, चोमा सारु, टेक बहादुर सिंह राना निर्वाचित भएका छन् ।



No comments:
Post a Comment