रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयको १६औं वार्षिकोत्सव समारोहका दौरान कमल थापा र किरण गौतम सर्वोत्कृष्ट विद्यार्थीहरुको रुपमा सम्मानित हुनु भयो । समारोह लुम्बिनी प्रदेशका प्रमुख माननीय धर्मनाथ यादवको प्रमुख आतिथ्य आयोजना गरिएको थियो । विश्वविद्यालयको शैक्षिक सत्र ०७४÷०७५ माबौद्ध अध्ययन स्नातकोत्तरतहको थेरवाद तर्फ कमल थापा र अप्लाईड तर्फ किरण गौतम सम्मानित हुनु भएको हो ।समारोहकै दौरान विश्वविद्यालयले प्रदान गर्दै आईरहेको पुरस्कारहरु मध्ये उत्कृष्ट विद्यार्थीलाई प्रदान गर्दै आएको दोरिम भिक्षु बौद्ध अध्ययन प्रबद्र्धन पुरस्कारबाट पनि दुबै व्यक्तित्वहरु सम्मानित हुनु भयो ।साथै पूर्व विद्यार्थी र सञ्चालित स्नातक तहका विद्यार्थीहरुलाई पनि सम्मान गरिएको थियो । सम्मानित भएका थापा दायित्व संस्थाका लुम्बिनी प्रदेश संयोजक र टेलिभिजन संचारकर्मी हुन भने गौतम प्यारागन इङ्गिलस बोर्डिङ्गस्कुल, मणिग्रामका प्राचार्य हुन ।
समारोह, प्रदेश सांसद मा.फकरुद्दिन खान, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र, विश्वविद्यालयका रजिष्ट्रार डा.तिलक आचार्य, डिन मानिकरत्न शाक्य, लिरी,लुम्बिनीका प्रमुख कुपर लगायतकोअतिथ्यमा सम्पन्न भएको वृहत समारोह विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्रचार्यको अध्यक्षता र क्याम्पस प्रमुख फनिन्द्र कुमार न्यौपानेको सञ्चालनमासम्पन्न भएको थियो ।
No comments:
Post a Comment