लन्डन(यूके) । लिम्बुवान समाज यूकेको अध्यक्षमा सामाजिक अगुवा दिलसिं मेन्याङ्वो चयन भएका छन् । समाजले निवर्तमान अध्यक्षलाई बिदाइ गर्दै आगामी कार्यकालका लागि मेन्याङ्वोलाई जिम्मेवारी सुम्पेको हो । जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिनिकट मानिने समाजको शुक्रबार भएको भेलामा निवर्तमान अध्यक्ष सुवर्ण इधिङ्गोले मेन्याङ्वोलाई पदीय जिम्मेवारी हस्तान्तरण गरेका थिए । मेन्याङ्वो यसअघि सामाजिक संस्था किरात याक्थुङ चुम्लुङ यूकेका अध्यक्ष रहिसकेका छन् । उनी ब्रिटिस गोर्खा भेट्रान एसोसिएनका बरिष्ठ उपभापति, मेन्याङ्वो कल्याणकारी संस्था यूकेका अध्यक्ष, यूके ब्याडमिन्टन एसोसिएसनका महासचिव, युमा साम्यो महासभा यूकेका उपाध्यक्ष समेत हुन् । त्यसबाहेका दर्जन बढी सामाजिक अभियानहरूमा सक्रिय छन् । पदीय हस्तान्तरण कार्यक्रममा उपस्थित भएर नवनियुक्त अध्यक्षलाई सपथ खुवाउँदै जसपा लिम्बुवान राष्ट्रिय समितिका मुख्य सचिव केदार धिमालले निर्णायक लिम्बुवान आन्दोलनमा प्रवासमा रहने समर्थकहरूको पनि महत्वपूर्ण भूमिका हुने उल्लेख गरे । ‘प्रवासमा रहेका नेपाली र लिम्बुवानवासी समर्थकहरूको नैतिक साथले धेरै महत्व राख्नेछ,’ उनले भने । उनले महामारी नियन्त्रण हुनेबित्तिकै नेपालमा बृहत लिम्बुवानी सभा आयोजना गर्ने जानकारी समेत दिए । यसैगरी, समितिका सल्लाहकार लाहाङ चेम्जोङले लिम्बुवान भूगोल सभ्यताको आन्दोलन पनि भएको जिकिर गर्दै संसारभर छरिएर रहेका लिम्बुवानवासीहरूको सहयोगले रणनीतिक हिसाबले भूमिका खेल्नुपर्ने कुरा आँैल्याए । उनले नेपालका हरेक ठूला राजनीतिक आन्दोलनहरूमा प्रवासले कूटनीतिक रूपमा पहल गरेको उदाहरण दिए । कार्यक्रममा सल्लाहकार नरेन्द्र माबोहाङ, लोकेन्द्र तबेबुङ, युमा लिम्बु, मान तबेबुङ, अमित थेवे लगायतले शुभकामना दिएका थिए । कार्यक्रम समाजका सचिव छन्त वनेमले सञ्चालन गरेका थिए । नवनियुक्त अध्यक्ष मेन्याङ्वोले निकट भविष्यमै समितिलाई अधिवेशनमार्फत पूर्णता दिने बताए ।
Subscribe to:
Post Comments (Atom)
Featured Post
नोबेलले गर्यो मास्टर एण्ड मिस नोबेल सिजन-४
तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...
-
बुटवल । सरकारले लखन थापा मगरलाई प्रथम शहीदको निर्णय गरेपनि उचित सम्मान र स्थान नदिएको हुंदा राष्ट्रिय विभूति घोषणा गर्न सरोकारवालाले माग गरे...
-
अामा भाषा जाेगाअाैं बाबा भाषा जाेगाअाैं बाजे भाषा जाेगाअाैं बजै भाषा जाेगाअाैं अाफ्नाे देशकाे भाषा जाेगाअाैं अाफ्नाे समुदा...
-
१. डेसान पुजा मगर भाषामा डेसान भन्नाले महामारि राेग हाे । मगर गाउँमा महामारीको रूपमा फैलिने राेग अाउँदा डेसान पुजा गर्ने चलन थियाे । राेगल...
No comments:
Post a Comment