Monday, November 30, 2020

मंसिर-१५ गते देखि जनमुक्तिको सांगठनिक अभियान शुरु


पाल्पा । राष्ट्रिय जनमुक्ति पार्टी पाल्पा जिल्ला कार्यसमितिको ब्यबस्थापनमा पार्टीको नारायणी पश्चिम व्यूरो अन्तगर्त राष्ट्रिय जनमुक्ति पार्टीको सांगठनिक अभियान -२०७७ पार्टीका उपाध्यक्ष दल बहादुर बिरकट्टा मगरले दिप प्रज्वल गरी समुदघाटन गर्नु भयो । कोभिड-१९ को लामो बन्दाबन्दी को कारणले नेता-कार्यकर्ता बिच भेटघाट तथा संगठनिक गतिबिधी अघी बढ्न नसकेको परिस्थितीमा पार्टीले उक्त सागठनिक अभियान मंसीर १५ गते देखि पुस १० गते सम्म लुम्बिनि-गण्डकी प्रदेशका सबै जिल्लामा संचालन हुने उपाध्यक्ष बिरकट्टामगरले जानकारी गराए । पार्टीको तिनदशक यात्रामा जोडीनु भएका तमाम नेता कार्यकर्ताहरु संगठनको चुस्त दुरुस्त अभिलेखिकरण गर्ने बताउनु भयो । आगामी निर्वाचनलाई लक्षित गरी पाल्पा जिल्लामा १० वटै स्थानिय निकायमा संगठन पुन: निर्माण गरी कृयाशिल गर्ने गराउन पार्टीको केन्द्रिय तथा पार्टी सम्बद्ध सबै मोर्चाहरु खटिने जानकारी गराउनु भयो । 

सोही कार्यक्रममा बोल्दै पार्टीका उपमहासचिब तथा जनमुक्ति एकाडेमी प्रमुख टोप अस्लामी मगरले कोभिड्-१९ को नाम गरिएको लुट-तन्त्र दु:खद पक्ष रहेको बताए। कोरोना नियन्त्रण गर्नको निम्ती राज्यले सर्वपक्षिय वा (साझा लडाईं) लडन सबै पक्षलाई समेट्नु पर्ने कुरामा सरकार चुकेको बताउनु भयो । राज्यले कोरोना नियन्त्र गर्नु भन्दा पनि कोरोनालाई समाज आतंकको रुपमा मज्जाले मलजल गरेको छ। हिजो एक जना संक्रमित भेटिदा लकडाउन गर्ने सरकार, आज लाखौं संक्रमित पुगिसकेको छ । कोरोनाको कारणले भन्दा पनि कोरोना कहरले धेरै मानिसहरुले आत्महत्या गरेकाछन । रोगले भन्दा पनि भोकले मर्ने त्रास बढीरहेको छ । तसर्थ कोरोनालाई जित्न पुर्खाले दिएका अचुक अस्त्र (आत्मबल) नै हो । हामी सचेत र सजग भएर अघी बढ्नु पर्ने बताउनु भयो । भ्रष्टाचारीको मुखै हेर्दिन भन्ने प्रधान मन्त्रीको बोलीलाइ  ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले सार्वजनिक गरेको प्रतिवेदन ले राम्रै झटारो दिएको बताए । 

सांगठनिक अभियानमा जनमुक्ति युवा महासंघ सचिब राम अस्लामी, मगर महासंघ, नेपाल धनीसरा दर्लामी र कोसाध्यक्ष क्या डिबी राना लगायत स्थानिय जिल्ला नेताहरुको उपस्थिती रहेको थियो भने सोही अबसरमा मगर महासंघ नेपाल पाल्पा जिल्ला संयोजक  डिल बहादुर थापालाई चयन् गरी बधाई तथा शुभकामना दिएका थिए । 

लुम्बिनी प्रदेश (लुथम) का सचिब बालकिशोर रानाले संचालन गरेको कार्यक्रममा जिल्ला अध्यक्ष नारायण कुवर मगरले जिल्ला सांगठनिक गतिबिधीको अभिलेखिकरण प्रस्तुत गर्दै आगामी पौष १० गते सम्म सबै स्थानीय निकायको संगठन पुन निर्माण गर्ने घोषणा गर्दै कार्यक्रम समापन गर्नु भयो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...