झापा । राष्ट्रिय जनमुक्ति पार्टीको भातृ संगठन जनमुक्ति युवा महासंघ गठन गने क्रममा २०७७ मंसिर ८ गते नीर बहादुर गुरुङको अध्यक्षतामा ९ सदस्यीय कमल गाउँ समिति गठन भयो । सचिबमा विवश थापा मगर त्यसै गरि सदस्यहरुमा सुमन राई, मौसम राई, प्रवेश राई, चन्द्र बहादुर थापा मगर, सिमोन लाओती, उत्सव राई एवम, सलिन बराईली रहेका छन ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टी १ न प्रदेश अध्यक्ष पर्शुराम थापा मगर, विशेष अथितिमा प्रदेश उपाध्यक्ष मैना बराईली एवम जनमुक्ति युवा महासंघका केन्द्रीय सदस्य एवम १ न प्रदेश इन्चार्ज चित्र मगर "हाङ्ग" लगायत अतिथिहरुमा जनमुक्ति युवा महासंघ केन्द्रीय सदस्य अनिरुद्र थापा मगर, जनमुक्ति युवा महासंघ झापा जिल्ला अध्यक्ष तेज योगहाङ्ग, झापा निर्वाचन क्षेत्र न ५ का पुर्व अध्यक्ष लाल बहादुर काउछाको उपस्तिथि रहेको थियो ।
कैलाश थापा मगरद्वारा संचालित कार्यक्रम कमल गाउँपालिका वडा न ५ मा सम्पन्न कार्तक्रम राजमुपा कमल गाउँ कार्यसमितिका अध्यक्ष मान बहादुर मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । बैकल्पिक शक्ती निर्मामामा जुटिरहेको जनमुक्ति पार्टीमा युवाहरु को आकर्सण बढ्दो छ् ।
No comments:
Post a Comment