Saturday, October 10, 2020

तिलोत्तमा वडा वार्षिक भेलामा जनमुक्ति पार्टी प्रबेशको लर्को


राष्टिय जनमुक्ति पार्टी, तिलोत्तमा-७ वडा ईकाई समिति प्रधिनिधी मुलुक चौथो बार्षीक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभा कार्यक्रम अध्यक्षता कृष्ण बहादूर पून गर्नु भएको थियो भने प्रमुख अतिथि संघीय महासभा सदस्य शेर बहादूर गुरुङ रहनु भएको थियो । वडा समितिका बरिष्ठ उपाध्यक्ष क्या सुर बहादुर थापाको  स्वागत मन्तव्य बाट शुरु भएको कार्यक्रम मा वडाको वार्षिक प्रतिबेदन कोसाध्यक्ष टिकाराम पुनले वाचन गरेर प्रस्तुत गर्नु भएको थियो ।

सो वार्षिक तथा साधारण सभामालाई सम्बोधन गर्दै प्रमुख अतिथी शेर बहादुर गुरुन्ङले नेपाल जस्तो बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक वा बहुराष्ट्रिय चरित्र भएका देशहरुले जनमुक्ति विचारधाराले वकालत गर्ने राजनीतिक पद्दति लागु गर्न बुद्धिमानी हुने बताउनु भएको छ । सभालाई सम्बोधन गर्दै पार्टी बक्ताहरुले संगठन निर्माणलाई जोड दिनु भयो ।  यस सभाले वडा स्तह्र हुँदै तिलोत्तमानगर हुँदै जिल्ला क्षेत्र प्रदेश हुँदै जनमुक्ति पार्टीलाई बैकल्पिक शक्तीको रुप मा स्थापित गर्न पहल गर्ने बताएका छन । देश बिदेश हुँदै विश्वभर फैलिएका नेपालीहरुका हक हितका लागि जनमुक्ति पार्टीको सिद्धान्त र बिचार  मा गोलबन्द गर्न सबै जनमुक्ति योद्धाहरु निरन्तर अभियानमा लाग्न आग्र्ह गरे । सभामा सल्लाहाकार, क्या गम्मर सिह गुरुङ, पार्टीनगर अध्यक्ष तथा जनप्रतिनिधी भोम बाहादूर बुढा मगर, प्रदेश सदस्य लिला राना, राष्टिय पुर्व सैनिक संगठन रुपन्देही का निबर्तमान सचिव क्या. भिम बहादुर गुरुङ्ग लगायतका नेताहरुले बोलेका थिए । 

वार्षिक भेला सम्पन्न कार्यक्रम पछी बिभिन्न पार्टी परित्याग गरी राष्ट्रिय जनमुक्ति पार्टीमा प्रवेश गरेका छन । पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा बोल्दै उहाँहरुले “राष्ट्र निर्माणका लागि राष्ट्रिय जनमुक्ति पार्टीको नीति, सिद्धान्त र कार्यक्रम नै सही लागेकोले आफूहरु प्रवेश गरेको” बताउनु भयो वडा अध्यक्षले बताउनु भयो ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...