प्रेस विज्ञप्ति
कोरोना भाईरसको कारण नेपाल सरकारले देशभर अब्यवहारिक र विना ब्यवस्थापनको लामो बन्दाबन्दी गरेको कारण शैक्षिक सत्र २०७६÷०७७ र २०७७ ÷०७८ लाई ठुलो असर गरेको अवस्था छ । सरकारले विद्यालय तथा शैक्षिक सँस्थाहरु संचालन गर्न विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ जारी गरेपछि शैक्षिक सँस्थाहरु संचालन हुने क्रम सुरु भईरहेको र विभिन्न ब्यवसायीक विद्यालयहरुले मनपरी रुपमा भर्ना तथा मासिक शुल्क बढाउदै लिने, विद्यालय बन्द भएको समयको पनि मासिक शुल्क असुल्ने नदिए विद्यार्थीलाई निकाल्ने, अध्यापन सुचारु हुनु भन्दा पहिले शुल्क लिने जस्ता कार्यहरु भईरहेको विभिन्न संचार माध्यमहरु मार्फत थाहा हुन गएकोले यस प्रति नेपाल विद्यार्थी मोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ ।
लामो समय सम्म विद्यालय जान नपरेको कारण विद्यार्थीहरुमा मनोबैज्ञानिक असर हुन थालेको यस्तो अति सम्बेदनशिल अवस्थामा विद्यालयहरुले विद्यार्थीहरुको भविष्य माथि खेलबाड गर्न मिल्दैन । यस्ता विद्यालयहरु माथि झट्ट स्थितिमा कार्वाही गर्न विद्यालय शिक्षा सम्बन्धी आकस्मिक कार्ययोजना २०७७ कार्यान्वयन गर्ने आधिकारीक स्थानिय तहहरुलाई जोड्दार माग राख्दछौं अन्यथा नेपाल विद्यार्थी मोर्चाले आफ्नो संगठनिक कार्वाही संचालन गर्ने यसै विज्ञप्ति मार्फत अवगत गराईन्छ ।
.................................
महासचिव
अक्टोबर ९, २०२० प्रदिप नयोङ
No comments:
Post a Comment