Saturday, October 10, 2020

शंकरनगर खाने पानीमा जनमुक्तिका पर्साद सदस्य रमेश थापा बिजयी


तिलोत्तमा । तिलोत्तमा -२ शंकरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था योगिकुटीको छैटौं अधिवेशनमा क्षेत्र नं- २ को ब्लक नं-९ बाट पार्षद सदस्य पदमा राष्ट्रिय जनमुक्ति पार्टीका रमेश थापा मगर एकल चुनाबी लडाईमा बहुमतद्वारा निर्वाचित हुनु भएको छ । थापालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिन तिलोत्तमा नगर अध्यक्ष भोम बहादुर बुढा मगर, वडा अध्यक्ष भिम बहादुर राना, राष्ट्रिय महिला मोर्चाका नगर सचिब राधिका पुन, जिल्ला उपाध्यक्ष ज्योति थापा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

स्मरण रहोस् शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था योगीकुटीको कार्यालयमा तालाबन्दी लगायत बिरोध परदर्शन गरेको थियो । संस्थाको नयाँ नेतृत्व चयनका लागि विधान विपरित निर्वाचन समिति बनाइएको र समावेशीतालाई बेवास्ता गरिएको भन्दै राष्ट्रिय जनमुक्ति पार्टीले कार्यालयको मूल गेटमा पटक पटक कडा बिरोध गरेको थियो । संस्थाको असोज अन्तिम साता गर्ने तय भएको छैटौं अधिवेशनका लागि कार्यसमिति वैठकले निर्वाचन समिति गठन गर्नुपर्नेमा विधान विपरित सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई जिम्मा दिएर दुई दल निकट व्यक्ति र संस्थाका कार्यसमिति सदस्य समेतलाई राखेर गठन गरिएको प्रती जनमुक्तिको चर्को बिरोध जनाएको थियो । वार्षिक करिव ४ करोड बराबरको आर्थिक कारोबार हुने संस्थामा हाल ६ हजार ३५० उपभोक्ता रहेका छन् । २१ जना कर्मचारी रहेको उक्त खानेपानी उपभोक्ता समितिमा १८ करोड बढीको कोष रहेको छ ।

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...