Thursday, October 22, 2020

काजी येङदेनको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टी फुङलिङ नगर कार्यसमिति पुनर्गठन


फुङलिङनगर । राष्ट्रिय जनमुक्ति पार्टीको जिल्ला दौडाह अन्तर्गत पार्टीले संगठन निर्माणलाई पहिलो प्राथमिकता दिएको छ । मुलुकमा बढ्दो बेथितिलाई निर्मुल पार्न पार्टीले ' जनमुक्ति बिचार  धारा' लाई स्थापित गर्न निरन्तर संघर्स गर्दै आएको छ । स्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रमा पनि भ्रस्टाचार गर्ने सरकार र तिनका आसेपासेलाई जरै देखी निमिट्यान्न पार्न न्याय प्रेमीहरु एक जुट हुनु पर्ने बेला आयो । जनमुक्तिले उठाएका मुद्धाहरु राष्ट्र र राष्ट्रियता को लागि नै हो । हिमाल पहाड तराई सबै को पहिचान र अस्तित्व स्थापित गर्ने राजनीतिक शक्ती भनेकाइ जनमुक्ति हो । यही मर्म लाई आत्मसाथ गर्दै देश भरी संगठन निर्माणको अभियान चलिरहेको छ । 

यसै सन्दर्भमा: कार्तिक ३ गते सम्पन्न एक भेलाले काजी येङदेनको अध्यक्षतामा राष्ट्रिय जनमुक्ति पार्टी फुङलिङ नगर कार्यसमिति पुनर्गठन गरिएको छ । त्यसै गरि उपाध्यक्षमा राम कुमार  लिम्बू,  सचिवमा ललित येङदेन, सहसचिवमा माेहन येङदेन, काेषाध्यक्षमा मन कुमारी लिम्बू, सदस्यहरुमा  नरकुमार येङदेन, सिंह बहादुर तामाङ, रजुन येङदेन, सुरेन्द्र लिम्बू, उमेश तामाङ, राधिका लिम्बू, पुर्ण कुमार येङदेन, शेर बहादुर लिम्बू, पुर्ण बहादुर मादेन र निराेज खड्का रहेका छन  ।

संगठन निर्माण अभियान मा खटिनु भएका राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद उपाध्यक्ष प्रकाश येङदेनले जनमुक्तिको सांगठनिक कार्यदिशा र भावीरनानीती बारे प्रकाश पार्नु भएको थियो । उपाध्यक्ष यङदेनले विश्वस्तरमैं देखापरेको कोरोना भाईरस (कोभिड–१९) को प्रभाव र जोखिमबाट नेपाल र नेपालीहरूको सुरक्षाको लागि राष्ट्रिय जनमुक्ति पार्टीले १) कोभिड–१९ को ठुलो जोखिम र विपदलाई निस्तेज गर्न सरकारको एकल प्रयास र क्षमता पर्याप्त छैन । यो साझा समस्या र चुनौति भएकोले यसका विरुद्ध लड्न ‘सर्वदलीय–सर्वपक्षीय विशेष संयन्त्र’ बनाई आवश्यकता अनुसार त्यसलाई वडा तहसम्मै विस्तार  गर्नु पर्ने तर सरकारले कुनै चासो चिन्ता लिएन । सरकार यहाँ निर चुकेको बताए । सरकारको यस्तो निकम्मा कार्यले  भ्रष्टाचारि, कमाउनिष्ट जनता मारा सरकार हो भन्ने प्रमाणित भएको छ । हामी खबरदारीका गर्न चाहान्छौ, चेतावनी दिन चाहान्छौ, निर्णयहरु सच्याउ,कार्यशैली सच्याउ ,जनताप्रति जबाफ्देही बन सरकार नत्र अब यस्को हिसाब किताब जनताको बलमा सडकबाट खोज्नेछौ,सडकमा हिसाब किताब  मिलान गर्नु पर्दा ठूलो मूल्य चुकाउनु पर्ने केतावनी समेटा दिए । यस महान अभियान मा निरन्तर जुट्न युवाहरुहरु अझै स्वत: स्फ्रुत आउनु पर्ने हुन्छ । युवाहरुलाई जनमुक्तिमा जोडीन आग्रह पनि गरेका थिए । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...