Thursday, October 22, 2020

ओली र नेपालको गठजोड शुुरु, एक्लिए पुुष्पकमल दाहाल


संघीय एक्सप्रेस डेश्क ।
 

काठमाडौं । सत्तारुढ दलमा केन्द्रीय तहमै आन्तरिक रस्साकस्सी बढ्ने घट्ने भर्ईरहेको अवस्थामा एकाएक कर्णाली प्रदेशमा देखिएको प्रादेशिक सत्ताको खिचातानी पछि मूलुकको राजनीतिले नयां मोड लिएको छ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले तीन महिना लामो संवादहिनता तोडेका छन् । गत मंगलबार अपरान्ह उनीहरूबीच झण्डै तीनघण्टा भलाकुसारी भएको खबर बाहिरिएपछि संवादहिनता तोडिएको हो । यस घट्नाले आफ्नै कार्यशैलीले अप्ठ्यारोमा पर्दै गएका र पार्टीभित्र अल्पमतमा रहेका प्रधानमन्त्री ओलीले पूर्व एमाले खेमासंगै सहकार्यको हात अघि बढाएको बुझिएको छ ।

नेकपास्थायी कमिटी बैठकअघि ओली–नेपाल आमुन्नेसामुन्ने भएका थिए । उनीहरुबीचभदौ २६ पछि पनि संवादको वातावरण बनेको थिएन ।पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कित्तामा उभिएर सरकारलाई कमजोर बनाउन लागेको भन्दै ओलीले माधव कुमार नेपाललाई बदलाभावले हेरेका थिए । सरकार र पार्टी सञ्चालनमा प्रचण्डसंग चोचोमोचो जोड्दै आफूूलाई प्रम ओलीले किनारा लगाउन खोजेको भन्दै नेपालले पनि संवाद बढाउनेतर्फ चासो देखाएका थिएनन् । गत मंगलबार लामो वार्ता भएपछि भने पार्टी अध्यक्षसमेत रहेका ओलीले एक कदम पछि हटेर नेपालसंग सहकार्यको अमूर्त प्रस्ताव गरेको बुुझिएको छ ।

कतिपयले ओली–नेपालको पछिल्लो भेटलाई पूर्वएमाले एक हुन लागेको पूर्वसंकेतका रूपमा पनि बुझेका छन्।तर, ओलीपक्षीय नेताहरू यस्तो मतलाई खण्डन गर्छन् । ती नेताहरुको भनाई अनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीच सहकार्य नै हुन नसक्ने अवस्था छैन तर अहिले नै परिस्थिति पनि विश्वसनीय बनीसकेको छैन ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि प्रधानमन्त्री ंतथा अध्यक्ष र वरिष्ठ नेताबीच पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको पुुष्टी गरेका छन् । दुई नेताबीच संवाद अघि बढ्दा र कुराकानीको सिलसिला जोडिदा मिलेर अघी बढ्न लागेको सङ्केतका रूपमा बुझ्न हुुंदैन, कुराकानी भएको छ तर, बाहिर चर्चा भएजस्तो पूर्वएमाले एक भएको, हुने तयारी गरेको भन्ने कुरा होइन,” ओलीको निकट रहेका नेता नेम्वाङको भनाई छ । 

नेकपाले आगामी चैत २५–३० एकता महाधिवेशनको तिथि तय गरेको छ । अहिलेसम्मको तयारी हेर्दा र वस्तुगत अवस्था नियाल्दा चैत महिनामा नेकपाको महाधिवेशन हुन सम्भव छैन । नेकपाले सांगठनिक एकताको काम नै टुङ्ग््याउन सकेको छैन । पछिल्लो पटक तय गरेको डेटलाइन पनि अध्यक्षद्वय ओली–प्रचण्ड बीचको वेमेलकै कारण गुज्रीसकेको छ ।पार्टी सङ्गठन विभागले सदस्यताको टुङ्गो लगाउने र नवीकरण प्रकृया पनि शुरु गरेको छैन । एकतापछि तलका कमिटीहरू निष्कृय रहेकोले तत्कालै सदस्यताको टुुङगो लगाउन पनि सो पार्टीलाईमहाभारत नै छ । त्यसपछि गर्नुपर्ने तहगत अधिवेशन, प्रतिनिधि छनौट आदि प्रक्रियाले पनि नेकपाको एकता–महाधिवेशन धकेलिने निश्चित भईसकेको छ ।

महाधिवेशन हुने–नहुने अन्यौलताकै बीच ओलीले नेपालसंग एकाएक सहकार्यको प्रस्ताव गरेपछि पूर्वमाओवादी पक्षमा खलबल पैदा भएको छ । नेता नेपाललाई बुधबार बिहानै निवासमा बोलाएर ओलीसंगको कुराकानीबारे प्रचण्डले चासो राख्नुले पनि यस्तो सङकेत गरेकोे छ ।

उता स्थायी कमिटी बैठकअघि र बैठककै क्रमका पार्टीमा संघर्ष समेत भएको र त्यसले सृजना गरेका सहमतिले पनि ओलीको कार्यशैली सुधार्न नसकीरहेको बेला अहिले नै सहकार्यको सम्भावना नरहेको नेपालपक्षका नेताहरूको बुझाइ छ । अर्कोतिर सरकारको चौतर्फी आलोचना र पार्टीमा पनि सबैतिर अल्पमतमा परेपछि ओलीले नेपालको साथ खोजेका हुनसक्छन् भन्ने अड्कल काट्नेहरु पनि त्यत्तिकै छन् ।

अब एक्लो दाहाल झनै अलमलमा 

प्रधानपन्त्री ओलीको पछिल्लो कदमले पूर्वमाओवादी पक्ष्ँधरमा खलबल पैदा गराएको छ । यस कदमले पूर्वमाओवादीहरु फेरि आशंकाको भूूमरीमा परेको बताईएको छ । पूर्व माओवादी नेताहरुले नेकपा स्थायी कमिटी बैठकताकासो पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई ओलीसंगै मिल्न सुझाव दिएका थिए । रामबहादुर थापा बादल र लेखराज भट्टले त ओलीलाई साथ नै दिए । मणी थापा, टोपबहादुर रायमाझीहरूको भूमिका पनि ओली–प्रचण्ड मिलाउनेतिरै रहयो । 

नेकपाभित्रपूर्वमाओवादीहरु एक हुने अवस्था आयो भने पूर्वएमालेहरू पनि भावनात्मकरूपमा एक हुनसक्छन् भन्ने शंकाको ज्वारभाटा पनि त्यत्तिकै बलियो बन्दै गईरुहेको छ । निहित स्वार्थकेन्द्रित यस्ता मतहरु जीउका त्यूूं रहेको बेला प्रधानमन्त्री एवं नेकपा अध्यक्ष खड्ग प्रसाद ओलीको कदमले अर्का अध्यक्ष पुुष्पकमल दाहाल अझ एक्लिएको प्रष्ट छ । जानकारहरुका अनुसार यतिबेला अध्यक्ष दाहाल निकै नै अलमलमा परेका छन् । दाहालले पार्टीमा भएको निर्णय र सहमति अनुसार मातहतका नेता र कमिटीमा निर्देशन जारी गर्न पनि सकेका छैनन् र सरकार सञ्चालनमा पार्टी नेतृत्वको भूमिका पनि निर्वाह गर्न सकेका छैनन् । अध्यक्ष दाहालले नेकपालाई कस्तो बनाउने भन्ने बारेमा पनि अर्का अध्यक्ष ओलीलाई एकमत बनाउन सकेका छैनन् ।

समसामयिक सन्दर्भमा समेत अध्यक्ष दाहाल नाम मात्रको कार्यकारी हुुंदै गएपछि पार्टी महाधिवेशनको चटारोका बीच हुने बहसमा झन भूमिका विहिन हुने प्रवल सम्भावना बढेको छ । जनतालाई बन्दुक बोकाएर सत्तँ परिवर्तन गर्ने सपना बोकाएका दाहाल आफैले बनाएको घर छोडेर हिंडेपछि अस्तित्वको संघर्षमा माथिमाथि रुमल्लिन बाध्य भएको अब दिनको घाम जत्तिकै छर्लङ्ग भईसकेको छ । निर्वाचनताका राष्ट्र निर्माणका लागि विशाल कम्यूनिष्ट पार्टी र त्यसको सपना बांडेका दाहालले यस्तरी खुुम्चिएर घर न घाटको जस्तै बस्न परेपछि सत्तास्वार्थमा डुुबीसकेका पूर्व माओवादीबाट समेत साथ नहुने देखिएको छ । यी सबै तत्कालिन र भविष्यमा हुन सक्ने अध्यांरो पक्षले गर्दा नेकपा अध्यक्ष दाहाल कुुहिरोको काग भएको विश्लेषकहरु बताउंछन् ।

नेकपाले आगामी कात्तिक १५–१७ केन्द्रीय कमिटी बैठक तय गरेको छ । कोभिड–१९ को कहरका कारण स्थायी कमिटी बैठकले तय गरेको समयमा केन्द्रीय कमिटी बैठक नभए पनि टार्न सम्भव छैन । सो बैठकमा पनि अध्यक्ष दाहालले आफू कार्यकारी हुन नपाएको गुनासो दोहोरिने देखिएको छ ।


No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...