Thursday, October 22, 2020

विजयनगरका जनप्रतिनिधिले दशैँ भत्ता विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने


धनी राम काेरी
 ।  कपिलवस्तु /विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधिहरुले दशैँ भत्ता नलिने निर्णय गरेका छन् । विहिवार गाउँपालिकाको कार्यपालिकाको बैठकबाट गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले दशैँ भत्ता नलिने निर्णय गरेको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले जानकारी दिनुभएको छ । जनप्रतिनिधिहरुले दशैँ भत्ताको रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा जम्मा गरिने उहाँले बताउनुभयो ।  अहिले विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा न्युनिकरणमा खर्च गर्ने गाउँपालिकाले जनाएको छ । 

No comments:

Post a Comment

Featured Post

नोबेलले गर्‍यो मास्टर एण्ड मिस नोबेल सिजन-४

तिलोत्तमा । कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरुलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोबेल सिजन-४ नोबल ...